काठमाडौँ - उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य बुझ्न प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेका छन् ।
नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा उपचाररत खड्काको प्रोस्टेटको शल्यक्रिया गरिएको थियो। उनलाई भेट्न आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका हुन्।
शल्यक्रियापछि वार्डमा रहेका मन्त्री खड्काको अवस्था बुझ्न प्रचण्ड अस्पताल पुगेका हुन् । खड्काको अस्पतालका कमान्डेन्ट प्राविधिक सहायक रथी प्राडा भरतबहादुर भण्डारी नेतृत्वको टोलीले प्रोस्टेटको सफलतापूर्वक शल्यक्रिया गरेको हो ।
खड्काको स्वास्थ्यमा सुधार भइरहेको छ बताइएको छ । उनी गत साता बुधबार अस्पताल भर्ना भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।