आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नारायणकाजीको रणनीति : शरणार्थी काण्ड बढाउने, ललिता निवास र सुनकाण्ड फासफुस पार्ने

नारायणकाजीको रणनीति : शरणार्थी काण्ड बढाउने, ललिता निवास र सुनकाण्ड फासफुस पार्ने

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १ २०८०

  • 3.4K
    SHARES

  • नारायणकाजीको रणनीति : शरणार्थी काण्ड बढाउने, ललिता निवास र सुनकाण्ड फासफुस पार्ने

    काठमाडौं - बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पार्ने काण्डमा नीतिगत निर्णय गर्ने पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान नहुने भएको छ ।

    उनीहरूमाथि छानबिन भएमा वर्तमान सरकारको भविष्य धरापमा पर्ने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनीहरूसँगको बयान नसमेटी प्रतिवेदन बुझाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई निर्देशन दिएको बताइन्छ । त्यस्तै, प्रचण्ड र श्रेष्ठले सुनकाण्डलाई पनि फासफुस पार्ने रणनीति अख्तियार गरेका छन् ।

    नौ किलो र करिब ६१ किलो सुन तस्करीको जरोसम्म नपुगी यो काण्ड यसै सेलाएर जाने भएको छ । सुनकाण्डमा माओवादी र एमालेका नेता एकपछि अर्को जोडिन थालेपछि यसलाई पनि कमजोर मुद्दा बनाएर अदालतमा पेस गर्ने तयारी अन्तिम चरणमा पुगेको स्रोतले बताएको छ । सिआईबीले मुद्दा बुझाउनुअघि प्रहरीले पूर्वप्रधानमन्त्रीहरू नेपाल र भट्टराईको ‘बयान कागज’ नगर्ने भएको छ ।

    यसअघि नेपाल र भट्टराईलाई सरकारी साक्षीको रुपमा ‘कागज’ गर्ने तयारी गरे पनि अनुसन्धान प्रतिवेदन बुझाउनुअघि ब्युरो उनीहरूको बयान कागज गर्नबाट पछि हटेको छ ।

    ब्युरो स्रोतका अनुसार सरकारी वकिललाई शुक्रवार नै अनुसन्धान प्रतिवेदन बुझाउने गरी काम भइरहेको छ । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा मन्त्रिपरिषद्ले गरेको चारवटा निर्णयमा संलग्नहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश गरेको थियो ।

    साउन २१ मा न्यायाधीश अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासले सो आदेश गरेपछि पूर्वप्रधानमन्त्री भट्टराई र नेपालमाथि पनि अनुसन्धान गर्ने बाटो खुलेको थियो ।

    तर सरकारले दुवै नेताविरुद्ध बयान नलिन निर्देशन दिएको बताइन्छ । आफ्ना नेताहरू परेको काण्डलाई सामसुम पार्ने, नभए कमजोर मुद्दा तयार पार्न निर्देशन दिएको सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणलाई भने झन् कसिलो पार्न दबाब दिएको बताइन्छ ।

    सोही कारण अहिले एआईजी श्याम ज्ञवाली र एसएसपी मनोज केसीले यो प्रकरणमा दोस्रो चरणको अनुसन्धान थालेका छन् । गृहमन्त्री श्रेष्ठकै निर्देशनमा ज्ञवाली र केसी अनुसन्धानमा जुटेको स्रोतले बतायो ।

    यो काण्डमा कांग्रेस नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । हाल उनीहरू जेलमा छन् । शरणार्थी काण्डलाई दोस्रो, तेस्रो चरणमा अनुसन्धान लम्ब्याउँदै खाँण, रायमाझीलाई जेलमै सडाउने भित्री तयारी रहेको बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २० २०७७१२:५६:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend