आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको बिशेष

आफ्नो कुर्सीमै धक्का लाग्ने भएपछि गृहमन्त्री श्रेष्ठ यी प्रहरी अधिकृतलाई सरुवा गर्दै

आफ्नो कुर्सीमै धक्का लाग्ने भएपछि गृहमन्त्री श्रेष्ठ यी प्रहरी अधिकृतलाई सरुवा गर्दै

  • मिडिया डबली
  • मंगलवार, श्रावण ३० २०८०

  • 3.3K
    SHARES

  • आफ्नो कुर्सीमै धक्का लाग्ने भएपछि गृहमन्त्री श्रेष्ठ यी प्रहरी अधिकृतलाई सरुवा गर्दै

    काठमाडौं - उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कुर्सी दाउमा लागेको छ ।

    सत्तारुढ दल नेपाली कांग्रेसले श्रेष्ठको निरन्तरतामा प्रश्न उठाएपछि गृहमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बडो अप्ठेरोमा परेका छन् ।

    त्यसैले उनले नेपाल प्रहरीका दुई अधिकृत जो नेपाली कांग्रेसप्रति निकै बायस देखिँदै आएका छन्, उनीहरूलाई सरुवा गर्न गृहमन्त्री श्रेष्ठलाई निर्देशन दिएको बुझिएको छ ।

    उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी श्याम ज्ञवाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीलाई सरुवा गर्न प्रचण्डले श्रेष्ठलाई निर्देशन दिएका हुन् ।

    डा सुनिल शर्मालाई सिआइबीले पक्राउ गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृहमन्त्रीले कांग्रेसका नेताहरुलाई छानी–छानी प्रतिशोध साँधेको र यो गठबन्धनका लागि सकारात्मक कुरा नभएको बताएका थिए ।

    यदि यही ढंगले अघि बढे सरकार नै संकटमा पर्ने चेतावनी दिएपछि प्रचण्डले फोन नै गरेर गृहमन्त्री श्रेष्ठलाई आदेश दिएको बताइन्छ।

    जवाफमा श्रेष्ठले केही दिनमा मिलाएर सरुवा गर्ने आश्वासन दिएको बुझिएको छ । गृहमन्त्री भएका बेला कांग्रेस नेता बालकृष्ण खाँणले आफूलाई आईजीपी नबनाएको भन्दै श्याम ज्ञवालीले उनलाई भुटानी शरणार्थी प्रकरणमा पक्राउ गर्न लगाएका थिए ।

    पूर्वगृहमन्त्री खाणलाई पक्राउ गर्न एसएसपी केसी आफैँ गएका थिए । गत पुसमा अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी पाएका केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँणसहित कांग्रेस नेताहरु आङटावा शेर्पा, एमालेका सचिव टोपबहादुर रायमाझी, बहालवाला सचिव टेकनारायण पाण्डेलगायतलाई पक्राउ गरी अनुसन्धान गरेका थिए ।

    त्यसमा एआइजी ज्ञवालीले बालकृष्णपत्नी मञ्जु खाण र देउवापत्नी आरजुको पनि संलग्नता रहेको जनाउँदै पक्राउ गर्न खोजेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend