काठमाडौं - नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार बिहान १० बजे शीतल निवासमा आयोजित समारोहमा शपथ ग्रहण गराएका हुन् । जनमत पार्टीले अनितालाई संघीय मामिलामन्त्री बनाएर सरकारमा पठाएको हो । चार महिनापछि जनमत फेरि सरकारमा गएको हो ।
पुस १० गते प्रचण्ड प्रधानमन्त्री भएपछि गठन भएको सरकारमा जनमतबाट अब्दुला खान खानेपानी मन्त्री थिए । उनले वैशाखमा राजीनामा दिएका थिए ।
यसपटक माओवादीले आफूले पाएको मन्त्रालय काटेर जनमतलाई सरकारमा सहभागी गराएको हो । माओवादीका मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाइएको थियो ।
विभिन्न काण्डमा सत्तारुढ दलमै असन्तुष्टि बढिरहेका बेला प्रचण्डले जनमत पार्टीलाई सरकार ल्याएर बलियो टेको बनाएका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।