आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सिके राउत सरकारमा जान तयार, तर राखे यस्तो शर्त 

सिके राउत सरकारमा जान तयार, तर राखे यस्तो शर्त 

  • मिडिया डबली
  • सोमवार, पौष ४ २०७९

  • 2.9K
    SHARES

  • सिके राउत सरकारमा जान तयार, तर राखे यस्तो शर्त 

    काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले सत्ता गठबन्धनलाई नपुग सीट पुर्‍याउन आफ्नो पार्टी तयार रहेको बताएका छन् । तर गठबन्धनबाट प्रधानमन्त्री को बन्ने भनेर आफूले नरोज्ने उनले प्रष्ट पारेका छन् ।

    निर्वाचन आयोगको जलपान समारोहमा सहभागी भएका राउतले मधेस प्रदेशकोम मुख्यमन्त्रीमा आफने पार्टीले दाबी गरेको बताए । उनले केन्द्र सरकारमा सहभागी हुन आफूहरु तयार रहेको भन्दै सत्ता गठबन्धनलाई आवश्यक सीट संख्या पुर्‍याइदिने प्रष्ट पारे ।

    उनले सत्ता गठवन्धनसँग मिलेर सरकारमा जान आफ्नो पार्टी सकारात्मक रहेको बताएका छन् । तर, अरु विकल्पहरुमा पनि पार्टी खुल्ला रहेको भन्दै उनले बार्गेनिङको रणनीति लिन सक्ने संकेत गरे ।

    राउतले गठवन्धनसँग आफ्नो पार्टी घनिभूत छलफलमा रहेको तर, निष्कर्षमा नपुगेको बताए । उनले भने, ‘उहाँहरुसँग घनिभूत छलफल भइरहेको छ र सहमति निकट छौं । तर, अरु विकल्पमा पनि हामी खुल्ला छौं । जोबाट हाम्रो माग सम्वोधन हुन्छ, उसैलाई समर्थन गर्ने हो ।’ राउतले मधेसको मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने बताए ।

    उनले भने, ‘हामीले मधेस प्रदेशमा मुख्यमन्त्रीको दावी गरेका छौ । हाम्रो संख्या मधेसमा निर्णायक छ । जनताले पनि जनमतलाई हेरौं भनेर चाहेका छन् ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र १५ २०७९१२:०६:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend