आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सिके राउतको धम्कीले बालकोटमा तरंग, राष्ट्रपति निर्वाचनमा देखाइदिने

सिके राउतको धम्कीले बालकोटमा तरंग, राष्ट्रपति निर्वाचनमा देखाइदिने

  • मिडिया डबली
  • बिहिवार, माघ ५ २०७९

  • 5.3K
    SHARES

  • सिके राउतको धम्कीले बालकोटमा तरंग, राष्ट्रपति निर्वाचनमा देखाइदिने

    काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता गरेर प्रतिपक्षमा बस्ने संकेत गरेका छन् । पहिले गरेको सहमतिविपरीत मन्त्रालय छुट्याइएपछि राउतले आक्रोश व्यक्त गरेका छन् । यसलाई उनले मधेस केन्द्रित दलहरूमाथि बुलडोज लगाएको निष्कर्ष निकालेका छन् ।

    मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दा मधेसी र थारूलाई राज्यबाटै बहिष्करण गरिएको राउतको आक्रोश छ । बुधबार राति ट्विटर ह्यान्डलमा उनले जनमत पार्टीलाई मात्र नभई जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टी सबैलाई पाखा लगाएको उल्लेख गरेका छन् । 

    जनमत पार्टी मात्र होइन, जसपा र लोसपा जनमत र नाउपा सबैलाई पाखा लगाउँदै शासकवर्गले बूलडोज गरेको उनको आक्रोश छ। सत्ता साझेदारहरुलाई चरम नश्लवादीको संज्ञा दिँदै मधेसले यसको प्रतिकार गर्ने राउतले चेतावनीसमेत दिएका छन् । ‘चरम नश्लवादीहरूको झुण्ड पूरै मधेसी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, यो देश तिम्रो होइन भन्दै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढे़का हुन्। मधेसले यसको प्रतिकार गर्नेछ,’ उनले लेखेका छन् ।

    जनमत पार्टीले सुरुमै एकजना मन्त्री सरकारमा पठाइसकेको छ। सो पार्टीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति थियो। तर अहिले खानेपानी तथा सरसफाइ मन्त्रालय दिइएको छ । मन्त्रालयमा चित्त नबुझेर अब्दुल खान मंगलबार शपथका साथै मन्त्रालयमासमेत गएनन्। अहिलेसम्म उनी सिंहदरबार गएका छैनन् ।

    एमाले, माओवादी, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी मिलेर आफूखुसी सरकार चलाएपछि यसको असर सभामुख र राष्ट्रपति निर्वाचनमा देखिने भएको छ । आज हुने सभामुख निर्वाचनमा जनमतले पनि कांग्रेस उम्मेदवार ईश्वरी न्यौपानेलाई भोट हाल्ने बताइन्छ । राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवारलाई हराएर देखाइदिने अभियानमा मधेसवादी दल लागेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र १५ २०७९१२:०६:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend