काठमाडौं - विवादास्पद चरित्रका ल्हारक्याल लामालाई सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेको छ ।
माओवादी केन्द्रीय सदस्यसमेत रहेका लामालाई मन्त्रिपरिषद् बैठकले पाँच वर्षका लागि कोषको उपाध्यक्षमा मनोनीत गरेको हो ।
तत्कालीन उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय) को कार्यकाल साउन दोस्रो साता सकिएपछि उपाध्यक्ष पद रिक्त थियो ।
कोषको संरक्षक प्रधानमन्त्री र अध्यक्ष संस्कृतिमन्त्री रहने व्यवस्था लुम्बिनी विकास कोष ऐन, २०४२ मा छ । पर्यटनमन्त्री सुदन किराँतीको सिफारिसमा लामालाई मन्त्रिपरिषदले उपाध्यक्ष नियुक्त गरेको हो ।
०६४ को पहिलो संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिक सभासद् बनेका विवादास्पद छविका लामा दोस्रो संविधानसभा निर्वाचनमा माओवादीबाट सांसद बनेका थिए ।
उनलाई माओवादीले अर्थ राज्यमन्त्रीसमेत नियुक्त गरेको थियो । चौतर्फी आलोचना भएपछि उनले पदबाट राजीनामा दिएका थिए । लामाले बैंकको लकरमा १४ खोका गोली राखेको भेटिएको थियो ।
जुन मुद्दामा उनी जेलसमेत परेका थिए । तर अहिले सरकारले तिनै व्यक्तिलाई लुम्बिनी विकास कोष जस्तो सम्मानित संस्थामा उपाध्यक्ष नियुक्त गरेको छ ।
माओवादीले पार्टी रूपान्तरण गर्ने घोषणा गरेको पहिलो दिन नै विवादास्पद चरित्रका व्यक्तिलाई नियुक्त गरेर सुशासनको चरम नमूना पेस गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।