काठमाडौं - कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् ।
उनले मंगलबार उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् । काठमाडौंबाट मंगलबार विराटनगर पुगेका गौतमले प्रदेश सभा उपसभामुखसमक्ष राजीनामा बुझाएका हुन् ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले सभामुख गौतमले पदबाट दिएको राजीनामा प्रदेशसभा सचिवालयमा दर्ता भएको जानकारी दिएका छन् ।
गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सल्लाह र आग्रहका साथै प्रदेशको जटिल परिस्थितिबाट निकास दिन राजीनामा दिएको बताएका छन् ।
उनले आफ्नो राजीनामा निकास नभएको, तर परिस्थितिवक राजीनामा दिएको बताएका छन् । गौतमले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ । आजै कांग्रेसका उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् ।
एमालेले भने सरकार गठन गर्नकै लागि सभामुखले राजीनामा गर्नु संसदीय मूल्य मान्यताविरुद्ध भएको दाबी गरेको छ ।
कांग्रेस–माओवादीले सरकार गठन गर्न नसके आफैं अल्पमतको सरकार बनाउने एमालेको दाउ थियो । त्यो सपना चकनाचुर भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।