बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

सिके राउतका दुई मन्त्रीले दिए राजीनामा, मधेसमा सन्नाटा

सिके राउतका दुई मन्त्रीले दिए राजीनामा, मधेसमा सन्नाटा

  • मिडिया डबली
  • सोमवार, श्रावण १५ २०८०

  • 2.4K
    SHARES

  • सिके राउतका दुई मन्त्रीले दिए राजीनामा, मधेसमा सन्नाटा

    काठमाडौं - लामो समयसम्म विनाविभागीयमै सीमित बनाएर राखिएका डा.सीके राउत नेतृत्वको जनमत पार्टीबाट मधेस प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन्।

    जसपाका मुख्यमन्त्री सरोज यादवले मन्त्रालय खोसेर विनाविभागीय बनाइएका जनमतका वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादवले सोमबार राजीनामा दिएका हुन्।

    जनमतका दुवै मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री यादवले सोमबार नै मन्त्रिपरिषद् हेरफेर तयारी गरेका छन्। जनमत बाहिरिएपछि नेपाली कांग्रेसबाट सप्तरीका सांसद मोहम्मद समिम मन्त्री हुने निश्चित भएको छ।

    समिम सप्तरी ३ ‘क’ बाट निर्वाचित भएका हुन्। सत्ता गठबन्धनमा कांग्रेसले एकजना मन्त्री र एकजना राज्यमन्त्री पाएको छ।

    कांग्रेसले गृह, सञ्चार तथा कानुन मन्त्रालय लिने भएको छ। मधेश सरकारमा अहिले कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री कृष्ण यादव छन्। कांग्रेसबाटै वीरेन्द्र सिंह स्वास्थ्यमन्त्री छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण १५ २०८००२:३४:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend