बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

राप्रपाको केन्द्रीय कार्यालयमा आजै बालेनको डोजर चल्ने, हुने भो लडाइँ

राप्रपाको केन्द्रीय कार्यालयमा आजै बालेनको डोजर चल्ने, हुने भो लडाइँ

  • मिडिया डबली
  • सोमवार, श्रावण १५ २०८०

  • 2.0K
    SHARES

  • राप्रपाको केन्द्रीय कार्यालयमा आजै बालेनको डोजर चल्ने, हुने भो लडाइँ

    काठमाडौं - काठमाडौं महानगरपालिकाले सोमबार नै राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा डोजर चलाउने भएको छ ।

    राप्रपाको कार्यालय भवन हाइटेन्सन लाइनमुनि बनेकाले महानगरले खाली गर्न आदेश दिएको थियो । आइतबारसम्मको अल्टिमेटम दिइएकोमा राप्रपाले खाली नगरेपछि महानगरले डोजर लगाएरै भत्काउन लागेको हो ।

    महानगरले डोजर ल्याउन लागेको सूचनासँगै राप्रपा कार्यकर्ताहरु केन्द्रीय कार्यालय र बाहिर सडकमा भेला भएका छन् । बालेनको डोजरलाई अवरोध गर्ने तयारीसहित राप्रपाका नेताहरूले सवारीसाधन तेर्स्याइएका छन् ।

    नगर प्रहरी र राप्रपा कार्यकर्ताबीच मुठभेड हुनसक्ने सम्भावना देखिएको छ । महानगरका एसपी राजु पाण्डेको नेतृत्वमा तीन सय नगर प्रहरी राप्रपा कार्यालयतर्फ परिचालन भएको बताइन्छ ।

    राप्रपा कार्यालय करिब आठ आना क्षेत्रफलको जमिनमा बनेको छ । दाताले दिएको जग्गामा कार्यकर्तासँग चन्दा संकलन गरेर तत्कालीन राप्रपा नेता दिलविकास भण्डारीले दुई तले भवन निर्माण गरेका थिए । अहिले उनी राप्रपा नेपालमा छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण १५ २०८००१:५७:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend