बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

स्वास्थ्य क्षेत्रको विकास र प्रवर्धनमा योगदान पुर्याए बापत डा.सुनील शर्मा सम्मानित

स्वास्थ्य क्षेत्रको विकास र प्रवर्धनमा योगदान पुर्याए बापत डा.सुनील शर्मा सम्मानित

  • मिडिया डबली
  • आइतवार, श्रावण १४ २०८०

  • 3.9K
    SHARES

  • स्वास्थ्य क्षेत्रको विकास र प्रवर्धनमा योगदान पुर्याए बापत डा.सुनील शर्मा सम्मानित

    काठमाडौँ - स्वास्थ्य क्षेत्रको विकास र प्रवर्धनमा योगदान पुर्याए बापत प्रतिनिधि सभा सदस्य डा.सुनील शर्मा सम्मानित भएका छन् ।

    माइती नेपालले आज काठमाडौँमा कार्यक्रम आयोजना गरी सांसद शर्मालाई सम्मान गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य र माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सांसद शर्मालाई दोसल्ला र कदरपत्र प्रदान गरी सम्मान गरे ।

    ‘नेपालमा स्वास्थ्य क्षेत्रको विकास र प्रवर्द्धनमा अतुलनीय योगदान गरी स्वास्थ्य सेवालाई सर्वसुलभ र पहुँचयोग्य बनाउन प्रभावकारी भूमिका खेल्दै समाजमा पछाडि पारिएका सीमान्तकृत, सुविधाविहीन र अभिभावकविहीन माइती नेपालका सेवाग्राही बालबालिका तथा महिलाहरूलाई उच्चस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्नुभएकोमा तपाईंको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै यो कदर पत्र प्रदान गरिएको छ’ डा. शर्मालाई दिइएको कदर पत्रमा भनिएको छ ।

    सो अवसरमा मन्त्री आचार्य, माइती नेपालकी अध्यक्ष कोइराला लगायत वक्ताहरूले डा.शर्माले पुर्याएको योगदानको चर्चा गर्दै उनको सेवाभावको खुलेर प्रशंसा गरे । मोरङको क्षेत्र नं. ३ बाट निर्वाचित सांसद शर्मा मेडिकल कलेज व्यवसायी पनि हुन् ।

    काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको अध्यक्ष हुँदा डा. शर्माले २०७८ असार ११ गते माइती नेपालसँग सम्झौता गरी यौनकर्मी, एचआईभी संक्रमणका पीडित तथा अनाथ बालबालिकालाई ५० लाख बराबरको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएका थिए ।

    विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा. शर्माले हजारौँ बिरामीलाई निःशुल्क उपचार गराइसकेका छन् । उनले ठूलो संख्यामा असहाय र वेवारिसे बिरामीलाई उद्धार गरी निःशुल्क उपचार गरेर उनीहरूको ज्यान बचाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण १४ २०८००५:२९:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend