काठमाडौं - झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाको हर्कतले उनको परिवार ठूलो तनावमा परेको छ ।
श्रीमती र छोरी काठमाडौं भएको मौका पारेर निरौलाले सरकारी क्वार्टरलाई अश्लील क्रियाकलापको अड्डा बनाएपछि यतिबेला उनी चारित्रिक विवादमा मुछिएका छन् ।
निरौलाले आफ्नो सरकारी क्वार्टरमा एक महिलासँग अनैतिक कार्य गरेको भिडिओ टिकटकभरि सार्वजनिक भएको छ । ती महिलाले लाइभ नै गरेपछि भिडियो हेर्नेको मुख रातोपिरो हुन्छ ।
मादक पदार्थ सेवनले मातिएर महिला निरौलाको क्वाटरभित्रैबाट टिकटक लाइभमा बसेकी थिइन् । उनले त्यहाँ आएका प्रतिक्रियाहरूको जवाफसमेत दिएकी छन् । त्यस क्रममा निरौलाले उनलाई स्पर्श र चुम्बन गरेको भिडिओमा देखिन्छ ।
उनीहरूको संवादले अन्तरंग सम्बन्धमा छन् भन्ने अनुमान गर्न सकिन्छ । उनले म हस्बेन्डसँग छु भनेको पनि सुनिन्छ । दमक घर भएका निरौलासँग क्वार्टरमा रहेकी महिला डिभोर्सी भएको बुझिएको छ ।
दमक नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले भिडियोमा देखिएका व्यक्ति नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौला नै भएको पुष्टि गरेका छन् ।
उनले यस विषयमा छानबिन गरी प्रमाणित भए कारबाही गरिने उनले बताए । भिडियोले दमक नगरपालिकाकै बदनाम भएको दाहालको भनाइ छ ।
भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर भएको नगरपालिकाका कर्मचारीले बताएका छन् ।
भिडिओ सार्वजनिक भएपछि निरौलाले प्रमाण नष्ट गर्न कोठाको रंगरोगन सुरु गरेका छन् । उनले नगरपालिका परिसरमा रहेको क्वाटरमा आइतबार बिहानैबाट रंगरोगन सुरु गरेका हुन् । निरौला यसअघि पनि विभिन्न काण्डमा मुछिएर विवादमा तानिएका कर्मचारी हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।