काठमाडौं - सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दामा बिहीबार फैसला सुनाउने भएको छ ।
बुधबार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले आजका लागि फैसला सुनाउने मिति तोकेको थियो ।
एमालेका तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले हालेको रिट निवेदनमाथिको बहस बुधबारै सकिए पनि फैसला लेख्न समय लागेपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको हो।
सर्वोच्चबाट आउने फैसलाले थापा नेतृत्वको कोशी प्रदेश सरकारको भविष्य निर्धारण गर्नेछ । कोशी सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको भन्दै कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए ।
रिटमा सरकार गठन असंवैधानिक भएको दाबीसहित उद्दब थापालाई मुख्यमन्त्री नियुक्तिको निर्णय बदर गर्न माग गरिएको छ । रिट निवेदनमा दाबी गरिएअनुसार सर्वोच्चले सरकार गठनको प्रक्रिया बदर हुने फैसला सुनाएमा हाल रहेको गठबन्धनको सरकार ढल्ने छ ।
मुख्यमन्त्री थापा पदच्यूत हुनेछन् । त्यसपछि प्रदेश प्रमुखले सरकार गठनका लागि नयाँ प्रक्रिया सुरु गर्नुपर्नेछ । सर्वोच्चको परमादेशबाट यसअघि केपी ओलीको प्रधानमन्त्री पद गुमेको थियो । अहिले त्यही इतिहास पुनरावृत्ति हुने हो कि भन्ने आशंका गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।