बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

कांग्रेसका यी वडाध्यक्षले आफूले एक वर्षमा पाएको पौने चार लाख दिए समाजसेवामा, राज्यको एक पैसा नलिने प्रण

कांग्रेसका यी वडाध्यक्षले आफूले एक वर्षमा पाएको पौने चार लाख दिए समाजसेवामा, राज्यको एक पैसा नलिने प्रण

  • प्रकाश ढकाल
  • मंगलवार, श्रावण ९ २०८०

  • 2.6K
    SHARES

  • कांग्रेसका यी वडाध्यक्षले आफूले एक वर्षमा पाएको पौने चार लाख दिए समाजसेवामा, राज्यको एक पैसा नलिने प्रण

    काठमाडौं - नेपाली कांग्रेसका एक वडाध्यक्षले आफूले जनप्रतिनिधिका रूपमा राज्यबाट प्राप्त भत्ता सबै सामाजिक सेवामा खर्च गरेका छन् ।

    पाल्पाको रम्घा गाउपालिका–१ बाट विजयी ईश्वरी काफ्लेले एक वर्षको कार्यकालमा सेवासुविधाबाट प्राप्त भत्ता समाजसेवाका लागि खर्च गरेका हुन् ।

    उनी २०७९ वैशाख ३० को स्थानीय निर्वाचनमा वडाध्यक्षमा विजयी भएका थिए । काफ्लेले एक वर्षको सेवासुविधाबापत तीन लाख ४४ हजार ५२० (कर कट्टी गरेर), बैठक भत्ता २० हजार र एनजिओ/आईएनजिओहरुको कार्यक्रम भत्ता १२ हजार पाँच सय गरी तीन लाख ७७ हजार २० रुपैयाँ प्राप्त गरेको उल्लेख गर्दै सबै रकम विभिन्न क्षेत्रमा खर्च गरेको जानकारी गरेका छन् ।

    उनले आफ्ना आमाबाबुको हातबाट जनकल्याण मावि १–५ तहलाई निःशुल्क शिक्षाका लागि एक लाख, एम्बुलेन्स मर्मत खर्च ९८ हजार, कालीगण्डकी गुरुकुलका लागि ५१ हजार १ सय ११, मजुवा प्राविलाई ५१ हजार १ सय ११, वडा आपतकालीनका लागि ६४ हजार, सागर बोटे फरक क्षमता (व्हिल चेयर) प्रयोगकर्तालाई नौ हजार र पन्टार शौचालय हेरालुलाई ३५ सय रुपैयाँ हस्तान्तरण गरेको जानकारी दिएका छन् ।

    काफ्लेले कार्यपालिका बैठकमा खाएको नास्ताको पैसा कार्यकालको अन्तिम वर्षमा सम्बन्धित ठाउँमा बुझाउने पनि घोषणा गरेका छन् । पाँच बर्ष नितान्त सेवाभावमा जनताको काममा लाग्ने उनको प्रण छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण ९ २०८००१:४६:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend