काठमाडौं - नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले पार्टी महामन्त्री गगनकुमार थापाले केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको प्रतिवेदन एनजीओको विसलिस्ट जस्तो भएको दाबी गरेकी छन्।
शुक्रबार पार्टी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले महामन्त्रीको प्रतिवेदन भनेपछि राजनीतिक दस्तावेज आउला भन्ने ठानेकोमा त्यो केवल एनजीओको विसलिस्टजस्तो भएको आरोप लगाएकी हुन् ।
‘यसपटक महामन्त्रीको प्रतिवेदनमा कुनै राजनीतिक दस्तावेज आउँछ होला भन्ने सोचेको थिएँ। त्यो एक एनजीओको विसलिस्ट जस्तो लाग्यो। कार्यक्रम धेरै गर्ने अनि त्यसो रिजल्ट चाहिँ के त ? योभन्दा दुई तीनवटा उपलब्धिमूलक कार्यक्रम गरौं र त्यो परिणाममुखी बनाऔं,’ उनले भनिन् । नेतृ आरजुले पार्टीले आफ्नो दिशा तय गर्नुपर्नेसमेत बताएकी छन्। ‘
हामी सुशासनका लागि कति तयार छौं। म प्रधानमन्त्रीको धर्मपत्नी रहेर के रहेछ भनेर बुझ्दा हाम्रा पार्टीबाट मन्त्रीहरु हुने र उहाँहरुको सिक्दासिक्दै कार्यकाल सकिने देखिन्छ,’ उनले भनिन् ।
पार्टीका मन्त्रीहरूले केही नसिकेको उनको आरोप थियो । नयाँ पार्टीले सदस्यता बढायो भनेर त्यसको पछि दौडिन आवश्यक नभएको उनको भनाइ थियो ।
उनले महिलाहरुका लागि निर्वाचन क्षेत्र छुट्याउनुपर्नेसमेत बताएकी छन्। पार्टीको घोषणापत्रसँग सरकारको नीति र नियमहरु कहाँ मेल खान्छ भनेर हेर्नुपर्ने र त्यहीअनुसार कार्यक्रम गर्नुपर्ने उनको भनाइ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।