बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

सेनाबारे आफ्नै बोली विमलाका लागि भारी, आफूले संख्या घटाउन नभनेको प्रस्टोक्ति

सेनाबारे आफ्नै बोली विमलाका लागि भारी, आफूले संख्या घटाउन नभनेको प्रस्टोक्ति

  • मिडिया डबली
  • बिहिवार, श्रावण ४ २०८०

  • 1.6K
    SHARES

  • सेनाबारे आफ्नै बोली विमलाका लागि भारी, आफूले संख्या घटाउन नभनेको प्रस्टोक्ति

    काठमाडौं - नेपाली सेनाको संख्या घटाउन आफूले नभनेको भन्दै एमाले सांसद विमला राई पौड्यालले प्रस्टीकरण दिएकी छन् ।

    उनले बिहीबारको राष्ट्रियसभा बैठकमा सेनाबारे आफ्नो अभिव्यक्ति प्राविधिक भएको, तर त्यसमा राष्ट्रियताको लेप लगाएर आलोचना गरिएको जिकिर गरिन्। ‘मलाई थाहा छ, खर्च घटाउने अरु थुप्रै उपाय छन्।

    मैले त द्वन्द्वको समयमा त्यतिबेलाको कारण बढेको संख्या अहिले द्वन्द्व नभएको बेलामा चाहिन्छ कि चाहिँदैन ? अरु थप काम हामीले गरिरहेका छौं। चाहिन्छ। हामीलाई बोझ भइरहेको छ। चाहिँदैन। यति सजिलो र सहज तरिका र यति प्राविधिक विषयलाई राजनीतिक लेप पनि लगाइएको छ। राष्ट्रियताको लेप पनि लगाइएको छ। कतिले त देश बेच्ने भइस् भनेर पनि हालेका छन्’, पौड्यालले भनिन् ।

    आफूले विस्तृत शान्ति सम्झौताअनुसार नै आफूले बोलेको दाबी पनि गरिन्। ‘एउटा, हिजो थपिएको संख्या हामीलाई चाहिन्छ। जे काम गरिरहेको छ। त्यो संख्या हामीलाई चाहिन्छ। ठीक छ।

    दोस्रो, घटाउनुपर्छ। कसरी घटाउने हो, त्यसबारे संसद्‌मा छलफल हुन्थ्यो होला। तेस्रो, बढाउनुपर्छ। यो कारणले बढाउनुपर्छ भनेर छलफल हुन्थ्यो होला,’ उनले भनिन् ।

    गत असार १६ गते रक्षा मन्त्रालयको खर्च कटौती प्रस्ताव गर्दै राष्ट्रिय सभामा उनले सेनाबारे विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। जसकारण यो विषय अहिले भुसको आगो झैं फैलिरहेको छ । एमालेकै नेताहरूले यसको विरोध गरेका छन् । राप्रपाले आन्दोलन नै गर्ने चेतावनी दिएको छ ।

    ‘‘हाम्रो देशको स्वार्थ रक्षा गर्न नसक्ने रक्षा मन्त्रालयलाई यति धेरै (८० हजार कि ९० हजार कति) सेना चाहिन्छ कि चाहिँदैन ? पुनरावलोकन गरौं। हाम्रो देशभित्र अहिले लडाइँ छैन। अनि छिमेकीबाट लडाइँ हुने सम्भावना देखिँदैन। भइहाले पनि हामी टिक्न सक्ने अवस्था देखिँदैन। सीमा सुरक्षा गर्नका लागि यसले राम्रोसँग कम्युनिकेट पनि गर्न सक्दैन। सुरक्षा गर्ने त परै जाओस्। भनेपछि यस्तो मन्त्रालयलाई पाल्ने कि नपाल्ने ८०–९० हजार सेना हामीलाई चाहिन्छ कि चाहिँदैन ? यही प्रस्तावसहित मैले आफ्नो खर्च कटौतीको प्रस्ताव राखेको हुँ,’ पौड्लालले भनेकी थिइन् ।

    बिहीबारको राष्ट्रियसभा बैठकमै वामदेव गौतमले सेनाको संख्या घटाउने होइन, बरु बढाएर दुई लाख बनाउनुपर्ने बताएपछि पौड्यालले दबाब महसुस गरेकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण ४ २०८००५:५७:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend