बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

उपेन्द्रसँग बारा २ चुनावमा उठेका शिवचन्द्रमाथि सिके राउतको कारबाही

उपेन्द्रसँग बारा २ चुनावमा उठेका शिवचन्द्रमाथि सिके राउतको कारबाही

  • मिडिया डबली
  • बिहिवार, श्रावण ४ २०८०

  • 1.8K
    SHARES

  • उपेन्द्रसँग बारा २ चुनावमा उठेका शिवचन्द्रमाथि सिके राउतको कारबाही

    काठमाडौं - सिके राउत नेतृत्वको जनमत पार्टीले वैशाख १० गते बारा २ मा उपनिर्वाचन लडेका शिवचन्द्र कुशवाहालाई पार्टीबाटै हटाएको छ ।

    पार्टीको नीति नियमविरुद्ध गतिविधि गरेको भन्दै कुशवाहालाई कारबाही गरेको जनमतले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

    पूर्वमाओवादी नेता कुशवाहा गत वैशाख १० मा उपनिर्वाचन लड्नकै लागि जनमत प्रवेश गरेका थिए। जसपाका उपेन्द्र यादवसँग उनी चुनावमा पराजित बने। उनलाई अहिले पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

    जनमत पार्टीको अनुशासन समितिले शिवचन्द्रसँगै गुलाब मण्डल, शंकर खड्का, भोपेन्द्र यादव, भगवान् दास यादव पनि कारवाहीको सिफारिस गरेको छ।

    शिवकुमार बारा २ मा व्यक्तिगत रूपमा पनि लोकप्रिय थिए । त्यही लोकप्रियता देखेर सीके राउतले उनलाई जनमत प्रवेश गराएर उपेन्द्रविरुद्ध उठाएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण ४ २०८०११:५७:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend