काठमाडौं - बैंकिङ कसुरमा लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन् ।
आफूविरुघ मुद्दा परेपछि लुकेर बसेका उनलाई प्रहरीले आइतबार बाँकेको डुडुवा गाउँपालिका होलीयाबाट पक्राउ गरेको हो । गत माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाण्डूको चेक बाउन्स भएपछि यादवमाथि मुद्दा दर्ता भएको थियो ।
मुद्दा दर्तापछि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । २०७४ मा लुम्बिनी प्रदेशसभामा बाँकेको प्रदेशसभा निर्वाचन क्षेत्र २ ‘क’ बाट जसपाबाट निर्वाचित उनी लुम्बिनी प्रदेशमा मन्त्री बनेका थिए ।
पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै जसपाले उनलाई कारबाही गरेको थियो । जसपाले कारबाही गरेपछि भने उनी गत चुनावअघि एमालेमा प्रवेश गरेका थिए । मंसिरको निर्वाचनमा उनी आफ्नै क्षेत्रमा जसपाका भण्डारीलाल यादवसँग पराजित भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।