काठमाडौं - नेपाली कांग्रेसले दोलखाका उदाउँदो तारा श्यामसुन्दर तामाङलाई गुमाएको छ । दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयघातका कारण निधन भएको छ ।
गौरीशंकर गाउँपालिका–६ चंखु स्थायी घर भएका तामाङको आइतबार निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि तीन दिनअघि स्वास्थ्यमा समस्या आएपछि उनलाई राजधानीस्थित सहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारी लगिएको थियो ।
उपचारकै क्रममा उनको निधन भएको हो । एक्कासी पेट दुख्ने र पखाला लाग्ने समस्या भएपछि तीन दिनअघि भक्तपुरको मध्यपुर थिमि अस्पतालमा भर्ना भएका उनलाई मुटुको समस्या देखिएपछि गंगालाल रिफर गरिएको थियो ।
नेपाली कांग्रेस गौरीशंकर गाउँपालिकाको सभापतिसमेत रहेका तामाङ २०७९ को स्थानीय निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी गौरीशंकर गाउँपालिकामा मात्र होइन, दोलखामै लोकप्रिय मानिन्थे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।