बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

इन्द्रेणीका कृष्ण कँडेलले आर्यघाटमा मान्छेकै हुर्मत लिएपछि....

इन्द्रेणीका कृष्ण कँडेलले आर्यघाटमा मान्छेकै हुर्मत लिएपछि....

  • मिडिया डबली
  • बिहिवार, आषाढ २८ २०८०

  • 77.0K
    SHARES

  • इन्द्रेणीका कृष्ण कँडेलले आर्यघाटमा मान्छेकै हुर्मत लिएपछि....

    काठमाडौं - इन्द्रेणी दोहोरी गीत प्रतिष्ठानका सञ्चालक कृष्ण कँडेल चिनाइरहनु पर्ने नाम होइन ।

    सामाजिक सञ्जाल चलाउने मात्र होइन, लोकदोहोरीका पारखीबीच कँडेल लोकप्रिय नाम हो । जुनसुकै ठाउँमा गएर पनि उनी तत्काल दोहोरी गीत गाउन सक्छन् ।

    धेरैले उनलाई आँशुकवि पनि भनेर चिन्छन् । अझ इन्द्रेणी क्लब सञ्चालन गरेपछि त कँडेल देशविदेशमा प्रख्यात छन् । स्वदेशमा भन्दा पनि विदेशमा बस्ने नेपालीमाझ उनी चर्चित छन् ।

    आफ्नो इन्द्रेणी क्लबमार्फत उनले धेरै नयाँ प्रतिभा जन्माएका छन् । गाउँगाउँ गएर धेरै प्रतिभावान कलाकार उत्पादन गरेका छन् ।

    इन्द्रेणीमार्फत उनले समाजसेवा पनि गर्दै आएका छन् । विपन्न वर्गका लागि आर्थिक सहयोगार्थ धेरैको उनले उद्धार गरेका छन् । त्यसैले पनि कृष्ण कँडेल भन्नेवित्तिकै सबैले इन्द्रेणी भनेर बुझिहाल्छन् ।

    तर कँडेलले बुधबार पशुपति आर्यघाटमा जुन व्यवहार देखाए, त्यसले मान्छेकै हुर्मत लिएको छ । उनले अहिलेसम्म आफूले कमाएको इज्जत, मानप्रतिष्ठा सबै बागमतीमै सेलाएको सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहालपत्नी सीता दाहाललाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका कँडेलले श्रद्धाञ्जली दिँदा देखाएको दृश्य पूरै नौटंकी नै देखिएको छ ।

    उनले पहिले सीताको पार्थिव शरीरमा फूल चढाएको र आफूले माला चढाएको भिडियो खिच्न दौडदै गएर अर्कालाई हातमा थमाएर पार्थिव शरीरमा माला लगाएको भिडियो बाहिरिएको छ ।

    यो दृश्यले अहिले कँडेल कतिसम्मका ढोंगी रहेछन् ? यस्तै भिडियो देखाएर कस्तो समाजसेवा गर्न खोजेका रहेछन् भन्दै उनको आलोचना भइरहेको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ २८ २०८०१०:४८:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend