बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

पूर्वप्रधानमन्त्रीहरूको नाम जोडिन थालेपछि रिसायो सीआईबी, अतिरञ्जना नगर्न आग्रह

पूर्वप्रधानमन्त्रीहरूको नाम जोडिन थालेपछि रिसायो सीआईबी, अतिरञ्जना नगर्न आग्रह

  • मिडिया डबली
  • मंगलवार, आषाढ २६ २०८०

  • 3.1K
    SHARES

  • पूर्वप्रधानमन्त्रीहरूको नाम जोडिन थालेपछि रिसायो सीआईबी, अतिरञ्जना नगर्न आग्रह

    काठमाडौं - बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अनावश्यक व्यक्तिको नाम उल्लेख गर्दै समाचार प्रकाशन गर्ने क्रम तीव्र भइरहेको छ ।

    खासगरी एमाले निकट पत्रकारहरूले सञ्चालन गरेको अनलाइन न्युज पोर्टलमा लगातार पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल र बाबुराम भट्टराईको नाम जोडेर समाचार प्रकाशन हुन थालेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले अतिरञ्जना नगर्न आग्रह गरेको छ।

    सिआईबीका प्रवक्ता (एसपी) सञ्जयसिंह थापाले विज्ञप्ति प्रकाशित गरी कसुरसँग असम्बन्धित व्यक्ति र पदाधिकारीको नाम जोडेर अतिरञ्जित र भ्रामक रूपमा प्रकाशित सामग्रीबारे ब्युरोले ध्यानाकर्षण भएको जनाएको छ ।

    १४३ रोपनी जग्गा व्यक्तिका नाममा पार्नेमा उच्चपदस्थ कर्मचारी, भूमाफिया मात्र हैन, नेताको पनि संलग्नता रहेको भन्दै उनीहरूलाई बयानका लागि बोलाउनुपर्ने भन्दै एमाले निकट मिडियाले अतिरञ्जित गर्न थालेपछि सिआईबीले विज्ञप्ति जारी गरेको हो ।

    बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको १४३ रोपनी जग्गा संगठित रूपमा किर्ते गरेर व्यक्तिको नाममा हक हस्तान्तरण गर्ने काममा संलग्न व्यक्तिहरूउपर अहिले अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

    ब्युरोले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘हाल ब्युरोबाट जारी अनुसन्धान ललिता निवासको १४३ रोपनी सरकारी जग्गा संगठित रूपमा सरकारी छाप तथा दस्तखत किर्ते गरी व्यक्तिको नाममा हक हस्तान्तरण गर्ने कसूरमा मात्र केन्द्रित रहेको अवगत गराउन चाहन्छौं ।’

    ललिता निवास जग्गा प्रकरणमा बहालवाला सचिव कृष्णबहादुर राउतसहित व्यापारी, सरकारी कर्मचारी, मालपोत र नापी कार्यालयका कर्मचारी धमाधम पक्राउ परिरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ २६ २०८०१०:४८:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend