काठमाडौं - गृहमन्त्री नारायणकाजी श्रेष्ठले किर्ते, ठगी, भ्रष्टाचार, संगठित अपराध र राज्यद्रोहमा संलग्नबाहेक निर्दोष कोही तर्सनु नपर्ने बताएका छन् ।
एकपछि अर्को काण्डमा भिभिआईपी र बहालवाला सचिवसमेत पक्राउ पर्न थालेपछि एउटा कित्तामा भुइँचालो गएको छ ।
त्यसैले अहिले सबैको ध्यान श्रेष्ठतर्फ सोझिएको छ । सबैतिरबाट चासो र चिन्ता उत्पन्न हुन थालेपछि श्रेष्ठले लेखेका छन्, ‘देश र जनताको हितविरुद्ध आफ्नो व्यक्तिगत फाइदाको लागि किर्ते, ठगी, भ्रष्टाचार, संगठित अपराध र राज्यद्रोहमा संलग्नबाहेक निर्दोष कोही तर्सनु पर्दैन । दोषी र अपराधीलाई भने छुट हुनेछैन । अनि धनी र गरिब, सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुन सक्दैन । त्यस्तो अपेक्षा नगरौं ।’
तर, गृहमन्त्री श्रेष्ठको भित्री षडयन्त्रबारे एमाले नेता गगन विष्टले छताछुल्ल पारेका छन् । उनको भित्री चरित्र पनि विष्टले खोलेका छन् ।
विष्टले सोमबार सामाजिक सञ्जालमा श्रेष्ठले आफू निकट केही पत्रकारलाई लञ्च दिँदै आफू नभएको भए माओवादीको संगठन नै सकिने उल्लेख गरेको उल्लेख गरेका छन् । ए
माले नसच्चिने हो भने भ्रष्टाचारको मुद्दा लगाएर ठेगान लगाउने चेतावनी दिएको विष्टले लेखेका छन् । त्यति मात्र होइन, गृहमन्त्रीले कसरी माओवादीका अर्का नेताको सम्पत्ति हडपे र हाइड्रोपावरको सेयर मिलान गर्न विदेश गए भन्ने पनि लेखेका छन् ।
‘गृहमन्त्री नारायणकाजी श्रेष्टले आफ्ना नजिकका केही सञ्चारकर्मीलाई निवासमा बोलाए भनेछन्– म नभएको भए माओवादी पार्टी टिक्ने थिएन। मैले नै माओवादीलाई टिकाएको छु। गृहमन्त्री श्रेष्टले प्रमुख प्रतिपक्ष दलमाथि विषवमन गर्न बोलाएको छलफलमा एमाले नसच्चिने हो भने भ्रष्टाचारको मुद्दा लगाएर सबैलाई जेल हाल्छु भनेछन्। सुराकी खर्चबाट दिवाभोज दिएका श्रेष्टले सबै मेरा कारणले राम्रो काम भएको भन्नसमेत पछि परेनछन् । भ्रष्टाचारीमाथि कारवाही गर्छु भन्दै श्रेष्टले एमालेलाई नछाड्ने बताउँदै बिष ओकल्नसमेत पछि परेनन्,’ विष्टले लेखेका छन्, ‘गृहमन्त्रीज्यू तपाईले नछोड्दा एमाले सकिने, छोड्दा एमाले रहने भन्ने होइन, आफ्नो काम गर्दै जानुहोस्। तर कमानसिङ लामाको करोडौं कुम्लाएर भिकारी बनाएको र भर्खरै एक हाइड्रोपावरबाट स्वार्थ लिन विदेशमा गएर डिल गरेको कुरा नबर्सिनुहोला।’

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।