बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

बलबहादुर र गोपाल राईपछि ओखलढुंगाले पायो मन्त्री, प्रदीपले बनाए इतिहास

बलबहादुर र गोपाल राईपछि ओखलढुंगाले पायो मन्त्री, प्रदीपले बनाए इतिहास

  • मिडिया डबली
  • शुक्रवार, आषाढ २२ २०८०

  • 4.8K
    SHARES

  • बलबहादुर र गोपाल राईपछि ओखलढुंगाले पायो मन्त्री, प्रदीपले बनाए इतिहास

    काठमाडौं - ओखलढुंगालाई सधैं कांग्रेसको गढ मानिन्छ । एक दुई निर्वाचनबाहेक अधिकांश चुनावमा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।

    तर ओखलढुंगाले धेरै समय कांग्रेसबाट मन्त्री पाएन । कांग्रेसका पुराना नेता बलबहादुर राई र गोपाल राईपछि बल्ल प्रदीप सुनुवार मन्त्री बन्न सफल भएका हुन् ।

    बलबहादुर पटक पटक मन्त्री बनेका थिए भने गोपाल राई वनमन्त्री हुँदा हेलिकोप्टर दुर्घटनामा निधन भएका थिए । विगतमा प्रतिनिधिसभा सदस्यमा उठे पनि सुनुवार पराजित भएका थिए ।

    अघिल्लो निर्वाचनमा उनी प्रदेश सभा सदस्यमा पराजित भएका थिए । तर हालै सम्पन्न निर्वाचनमा कांग्रेस एकढिक्का भएपछि उनी विजयी भएका हुन् ।

    कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले शुक्रबार बिहान कांग्रेसका प्रदीप सुनुवार र एकीकृत समाजवादीका कमल जबेगुलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका हुन् ।

    कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका ओखलढुंगाका सुनुवारलाई छिट्टै मन्त्रालय दिने तयारी भइरहेको छ । कांग्रेस ओखलढुंगाका दुई कार्यकाल सभापतिसमेत भइसकेका सुनुवार कांग्रेसभित्र इमान्दार नेताका रूपमा परिचित छन् ।

    डेढ वर्षअघि सम्पन्न कांग्रेसको १४औं महाधिवेशनबाट उनी अल्पसंख्यकतर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनी संस्थापन पक्षका नेता हुन् । अब ओखलढुंगाबाट संघीय मन्त्री बन्ने बाटोमा कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडा छन् ।

    प्रचण्डपछि नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्दा खतिवडा मन्त्री नियुक्त हुने प्रबल सम्भावना रहेको बताइन्छ । यसैपटक मन्त्री बन्ने दौडमा रहेका नेता खतिवडालाई पार्टी सभापति शेरबहादुर देउवाले अर्कोचोटि मन्त्री बनाउने आश्वासन दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २२ २०८००४:२८:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend