आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

उपप्रधानमन्त्री पाए सिके राउत आफैं सरकारमा जाने

उपप्रधानमन्त्री पाए सिके राउत आफैं सरकारमा जाने

  • मिडिया डबली
  • मंगलवार, आषाढ १९ २०८०

  • 2.6K
    SHARES

  • उपप्रधानमन्त्री पाए सिके राउत आफैं सरकारमा जाने

    काठमाडौं - सिके राउत नेतृत्वको जनमत पार्टी फेरि सरकारमा सामेल हुने भएको छ ।

    सत्ता गठबन्धनले जनमत पार्टीलाई सरकारमा सहभागी गराउने निर्णय लिएपछि एक दुई दिनमै सो पार्टीबाट मन्त्री बन्ने भएका छन् ।

    सोमबार साँझ बसेको सत्तारुढ गठबन्धनको बैठकले जनमतलाई एक मन्त्री र एक राज्यमन्त्री दिएर भए पनि सरकारमा ल्याउनुपर्ने निर्णय गरेको हो । तर अहिलेसम्म कुन मन्त्रालय दिने भन्ने निर्णय भइसकेको छैन ।

    आइतबार बिहान जनमत पार्टीका अध्यक्ष सिके राउतलाई बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा आउन आग्रह गरेका थिए । राउतले सरकारमा आउन तीन सर्त राखेका थिए ।

    संघीय सरकारमा कम्तीमा दुई मन्त्री, मधेस प्रदेश सरकारमा आफ्ना दुई मन्त्रीलाई जिम्मेवारी तोकिनुपर्ने र बजेटमा मधेस प्रदेश उपेक्षामा परेकाले योजना थप गर्नुपर्ने उनको सर्त थियो ।

    जसमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक देखिएपछि जनमत पार्टी सरकारमा सामेल हुन राजी भएको हो । सोमबार गठबन्धनको बैठकमा प्रचण्डले जनमतलाई सरकारमा ल्याउनेबारे परामर्श मागेका थिए । जनमतलाई सरकारमा फर्काउन सबै दल सहमत भएको लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीको भनाइ छ ।

    ‘जनमतलाई सरकारमा ल्याउन सबै दल सकारात्मक छन् । कुन मन्त्रालय दिएर कसरी मिलाउने, त्यो जिम्मेवारीचाहिँ प्रधानमन्त्रीको हो,’ भण्डारीले भने । एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले भने जनमतले दुई मन्त्रालय मागेको अवस्थामा थप एक राज्यमन्त्री दिएर भए पनि सरकारमा ल्याउने सहमति भएको बताएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले पर्यटन वा संघीय मामिलामध्ये एक मन्त्रालय दिने मनस्थिति बनाएका छन् । जनमत पार्टीले पर्यटन मन्त्रालयमा आँखा लगाएकाले वर्तमान मन्त्री सुदन किरातीको पद धरापमा पर्ने देखिएको छ ।

    जनमत पार्टीबाट पहिले अब्दुल खान खानेपानी मन्त्री बनेका थिए । त्यसबेला जनमतले उद्योग मन्त्रालयमा दाबी गरेको थियो । तर प्रचण्डले दिएनन् ।

    ६ जना सांसद रहेको जनमतले आफूलाई गठबन्धनका अन्य दलले हेपेको भन्दै मन्त्री खानलाई फिर्ता बोलाएको थियो । अब अब्दुल खान मन्त्री बन्ने छैनन् ।

    स्रोतका अनुसार पार्टी अध्यक्ष सिके राउत आफैं सरकारमा जान खोजिरहेका छन् । तर त्यसका लागि उपप्रधानमन्त्री पाउनुपर्ने उनको माग छ । उपप्रधानमन्त्री दिए आफैं सरकारमा सहभागी हुने राउतले प्रचण्डलाई सन्देश पठाएको बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ ५ २०७९०१:०६:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend