बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

श्री एयरलाइन्सलाई लाग्यो ठुलो झड्का, सबै उडानमा प्रतिबन्ध

श्री एयरलाइन्सलाई लाग्यो ठुलो झड्का, सबै उडानमा प्रतिबन्ध

  • मिडिया डबली
  • आइतवार, आषाढ १७ २०८०

  • 6.8K
    SHARES

  • श्री एयरलाइन्सलाई लाग्यो ठुलो झड्का, सबै उडानमा प्रतिबन्ध

    काठमाडौं - पछिल्लो समय श्री एयरलाइन्सले आफ्नो उडानमा ज्यादै लापरबाही गर्ने गरेको छ ।

    चाहिनेभन्दा बढी गल्ती गर्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले श्रीका सबै उडान आइतबारका लागि रोक लगाएको छ ।

    शनिबार काठमाडौंबाट धनगढीका लागि उडेको श्रीको उडान नम्बर २२५ जहाजमा प्राविधिक समस्या देखिएपछि क्याप्टेनले काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराएका थिए ।

    त्यसैले आज सबै उडानहरु स्थगित गरेर जहाजको प्राविधिक परीक्षण सुरु गरेको छ । आगामी दिनमा प्राविधिक समस्या नदोहोरियोस् भनेर सबै विमानको सम्पूर्ण प्राविधिक परीक्षण गर्ने निर्णय लिएको श्री एयरलाइन्सले भने पनि क्यानले नै सबै उडानमा रोक लगाएको हो ।

    यसअघि श्री एयरलाइन्सको ड्यास क्यू४०० जहाज काठमाडौंबाट भैरहवाका लागि उडान गर्दा इन्जिनबाट फायर वार्निङ आएपछि पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गर्नुपरेको थियो ।

    लगत्तै नागरिक उड्डयन प्राधिकरणले श्रीका सबै जहाज ग्राउन्डेड गरेर प्राविधिक जाँच गरेको थियो । क्यानका प्राविधिक टोलीले जाँच गर्दा सबै जहाज उडानयोग्य भेटिएपछि अर्को दिन नै उडान प्रतिबन्ध फुकुवा गरिदिएको थियो ।

    श्रीले काठमाडौंबाट विराटनगर, भैरहवा, पोखरा र धनगढीमा दैनिक १७–१८ उडान गर्दै आइरहेको छ । आइतबार श्रीबाट उडान गर्न लागेका यात्रुलाई टिकटको पैसा रिफन्ड गर्नेदेखि सोमबारको उडानमा एडजस्ट गरिरहेको एयरलाइन्सले जनाएके छ ।

    श्री एयरलाइन्ससँग आठवटा जहाज रहेका छन् । तर, लामो समयदेखि चारवटा जहाजबाट मात्रै उडान गर्दै आइरहेको छ । अहिले श्रीले एउटा सीआरजे र तीनवटा क्यू ४०० जहाजले मात्र उडान भरिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण २५ २०७९१०:५१:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend