बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

कोसीमा पनि ढल्यो एमाले सत्ता, सातै प्रदेशमा विपक्षमा

कोसीमा पनि ढल्यो एमाले सत्ता, सातै प्रदेशमा विपक्षमा

  • मिडिया डबली
  • शुक्रवार, आषाढ १५ २०८०

  • 1.2K
    SHARES

  • कोसीमा पनि ढल्यो एमाले सत्ता, सातै प्रदेशमा विपक्षमा

    काठमाडौं - एमाले नेतृत्वमा रहेको कोसी प्रदेश सरकार पनि ढलेको छ।

    मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाउन नसकेपछि उनी पदमुक्त भएका छना् । मुख्यमन्त्री कार्कीले प्रदेश सभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुँदा सरकारलाई विश्वास छ भन्ने पक्षमा ४६ मत र विपक्षमा ४३ मत परेको थियो।

    जसपाकी एक्ली सासद निर्मला लिम्बू अनुपस्थित थिइन्। मुख्यमन्त्री कार्कीको विश्वासको मत लिने प्रयास विफल बनेसँगै एमाले संघ र सातवटै प्रदेशमा विपक्षमा धकेलिएको छ।

    ९३ सदस्यीय प्रदेश सभामा बहुमत सिद्द गर्न ४७ मत आवश्यक पर्छ। नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादीले विपक्षमा मतदान गरेका थिए। शुक्रबारको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमा उठेका विषयबारे प्रष्ट पार्दै मुख्यमन्त्री कार्कीले फेरि सबै दलसित मत मागेका थिए।

    उनले प्रदेशमा अर्को गठबन्धनको सरकार पनि दिगो नहुने बताएका थिए। सरकारको नेतृत्व सम्हालेको १७४ दिनपछि कार्की नेतृत्वको सरकार ढलेको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ १५ २०८००२:५३:०५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend