आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

माधवका सांसदले बजेट पास नगर्ने भनेपछि प्रचण्ड रिसाए, कुर्सी गुम्ने डर

माधवका सांसदले बजेट पास नगर्ने भनेपछि प्रचण्ड रिसाए, कुर्सी गुम्ने डर

  • मिडिया डबली
  • बिहिवार, आषाढ ७ २०८०

  • 2.4K
    SHARES

  • माधवका सांसदले बजेट पास नगर्ने भनेपछि प्रचण्ड रिसाए, कुर्सी गुम्ने डर

    काठमाडौं - नेपालको इतिहासमा बजेट पास नभएर सरकार ढलेको इतिहास फेरि पनि दोहोरिने संकेत देखिँदैछ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनावश्यक उछलकुदका कारण भएको कुर्सी पनि गुम्ने संकेत देखिएको छ । खासगरी एकीकृत समाजवादीका सांसदहरूले बजेट पास नगर्ने हाकाहाकी चुनौती दिएपछि माधवकुमार नेपाल पनि संकटमा परेका छन् ।

    एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले त संसदमै आफूहरूले बजेट पास गर्न भोट नहाल्ने चेतावनी दिँदै माधव नेपालले हाले केही फरक नपर्ने बताउनुले खेल अर्कै भएको अनुमान गरिएको छ ।

    एमाले सचेतक महेश बर्तौलाले आफ्नो पार्टीले चाहेमा प्रचण्डको सरकार एक साताभित्रै ढालिदिने चेतावनी दिनु र एकीकृत समाजवादीका बहुमत सांसदले बजेटको पक्षमा मत नहाल्ने बताउनुले कतै सरकार परिवर्तनको खेल त भइरहेको छैन भन्ने आशंका उब्जाएको छ ।

    आफ्नै सांसदले बजेट पास नगर्ने चेतावनी दिएपछि एकीकृत समाजवादीको संसदीय दलको बैठक बिहीबार दिउँसो २ बजे बस्दै छ । बैठकमा बजेटबारे पार्टीका सांसदहरूको असन्तुष्टिमाथि छलफल हुनेछ ।

    बजेटमा असमानता देखिएको भन्दै पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताहरू सरकारसँग असन्तुष्ट छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले पनि बजेटबारे असन्तुष्टि जनाए पनि प्रधानमन्त्री प्रचण्डसँगको छलफलपछि भने सकारात्मक देखिएका छन् ।

    पार्टीका सांसदहरूले बजेट संशोधन नभए समर्थन गर्न नसकिने चेतावनी दिएपछि समाधान खोज्न संसदीय दलको बैठक बस्न लागेको हो । बजेटको कमा र फुलस्टप पनि चेन्ज गर्न मिल्दैन ।

    प्रधानमन्त्री प्रचण्डले बजेट संशोधन गर्न सकिन्छ भन्नु भनेको आफ्नो सरकार नालायक हो, अर्थमन्त्री डा.प्रकाशशरण महतको राजनीति सकिनु पनि हो । त्यसैले बजेटमा संशोधन हुँदैन ।

    बजेट संशोधन भएमा यो सरकारको औचित्य तत्काल सकिने निश्चित छ । सोही कारण अहिले प्रधानमन्त्री प्रचण्डले पनि आफ्नो सरकारको भविष्य त्यति लामो देखिरहेका छैनन् ।

    माओवादी र कांग्रेसकै अधिकांश सांसद पनि बजेटप्रति असन्तुष्ट रहेकाले बजेट फेल हुने प्रचण्डलाई ठूलो डर छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २ २०७७०३:३५:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend