बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
आजको बिशेष

बझाङ दुर्घटनामा मन्त्री सिंहकी श्रीमती र भाउजुको मृत्यु

बझाङ दुर्घटनामा मन्त्री सिंहकी श्रीमती र भाउजुको मृत्यु

  • मिडिया डबली
  • मंगलवार, आषाढ ५ २०८०

  • 3.0K
    SHARES

  • बझाङ दुर्घटनामा मन्त्री सिंहकी श्रीमती र भाउजुको मृत्यु
    फाइल तस्बिर

    काठमाडौँ- सुदूरपश्चिम प्रदेशका कानूनमन्त्री पृथ्बीबहादुर सिंह चढेको गाडी दुर्घटना हुँदा उपचारका क्रममा २ जनाको मृत्यु भएको छ ।

    मंगलबार धनगढीबाट बझाङ जाने क्रममा सिंह चढेको गाडी केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटना भएको थियो ।

    सुदूरपश्चिम प्रदेशको ०१००१ झ ४८० नम्बरको गाडी बझाङमा दुर्घटना हुँदा ५ जना घाईते भएका थिए । घाइते हुनेमा गाडी चालक धर्मराज जोशी, मन्त्री सिंह, उनकी पत्नी अमृता सिंह, भाउजु जयदेवी सिंह र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारी रहेका छन् ।

    ती मध्ये मन्त्री सिंहकी पत्नी अमृता र भाउजु जयदेवी सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते अन्य तीन जनाको अवस्था पनि गम्भीर रहेको बताइएको छ । मन्त्री सिंह सहित अरु घाइतेलाई थप हेलिकोप्टर मार्फत उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ५ २०८००५:५८:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend