काठमाडौं - प्रहरीले वानएक्स बेट (सट्टेबाजी) मा र विज्ञापनमा अभिनय गरेको आरोपमा आठजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीनजना हास्यकलाकार र पाँचजना युट्युबरहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) पवन खतिवडा (म्याकुरी) र राजु पौडेल (राजुमास्टर) छन् ।
यस्तै, युट्युबर अलिश राई, जलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र भटभटे माइला भन्ने बेगम नेपाली छन् । कतिपय देशमा सट्टेबाज वैध छ। कर तिरेर बाजी लगाउन पाइन्छ। तर, नेपालमा यससम्बन्धी कानुन छैन।
पक्राउ परेकाहरुलाई प्रहरीले जुवा मुद्दामा कारबाही गर्छ। जुन मुद्दामा उनीहरु दुई सय रुपैयाँ धरौटीमै छुट्ने गर्छन्। अहिलेसम्म क्रिकेट, फुटबल प्रतियोगितामा सट्टेबाज धन्दा चल्ने गरेको छ ।
तर यससम्बन्धी कानुन नबनेकाले अनुसन्धान गरेपछि प्रहरीले सामान्य धरौटीमै छोड्ने गरेको छ । अहिले पक्राउ परेका आठैजनालाई प्रहरीले सोधपुछका लागि बोलाइएको जनाएको छ । कलाकारसमेत भएकाले पनि उनीहरूमाथि ठूलो कारबाही नहुने देखिएको छ ।
नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टेबाजी गर्नु नहुने व्यवस्था छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।