बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक बिशेष

सत्तारुढ गठबन्धन दलबीच बालुवाटारमा यस्तो भयो सहमति

सत्तारुढ गठबन्धन दलबीच बालुवाटारमा यस्तो भयो सहमति

  • मिडिया डबली
  • मंगलवार, जेठ ३० २०८०

  • 3.3K
    SHARES

  • सत्तारुढ गठबन्धन दलबीच बालुवाटारमा यस्तो भयो सहमति

    काठमाडौं - सत्तारुढ दलहरुबीच गठबन्धनमा देखिएको विमतिलाई अन्त्य गर्ने र सर्वसम्मत ढंगले बजेट पारित गर्ने सहमति भएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा दलहरुबीच देखिएको असन्तुष्टिलाई समाधान गर्ने सहमति भएको नेताहरूले बताएका छन् ।

    बैठकमा बजेटसहित पछिल्ला समसामयिक राजनीतिक गतिविधिबारे छलफल भएको र सबै दलका नेताहरु गठबन्धनमा देखिएको समस्या समाधान गर्ने विषयमा नेताहरुबीच सहमति भएको एक नेताले जानकारी दिए ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु बैठकमा सहभागी थिए । तर कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का भने उपस्थित थिएनन् ।

    एकीकृत समाजवादीले सरकारले बजेट संशोधन नगरे सरकार ढाल्नेसम्मको चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले गठबन्धनको बैठक बोलाएका हुन् । बजेटमा नेताहरूले राखेको असन्तुष्टिलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने भएका छन् । एकीकृत समाजवादीका सांसदहरुले संसद बैठकमै बजेट नसच्याए सरकारबाटै बाहिरिने चेतावनी पनि दिएका थिए ।

    अध्यक्ष माधव नेपालले पनि कांग्रेस र माओवादीले एकलौटी गरेको भन्दै सार्वजनिक रुपमै विरोध गरिरहेका छन् । सोही कारण सोमबार पनि प्रचण्ड र माधव नेपालबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।

    प्रचण्डले माधव नेपाललाई बजेटको विरोध नगर्न आग्रह गरेका थिए । जनता समाजवादी पार्टीले पनि ‘पहुँचका आधारमा बजेट निश्चित क्षेत्रमा केन्द्रित’ गरेको भन्दै संशोधन हुनुपर्ने अडान राखेको छ ।

    कांग्रेसकै बहुमत सांसदले पनि बजेटको विरोध गरेकाले बजेट पास हुन्छ भन्नेमा सरकार अझै ढुक्क भइसकेको छैन । बजेट पास नभएमा प्रचण्ड नेतृत्वको सरकार स्वतः ढल्ने छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र ८ २०७९०८:३१:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend