आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विपक्षी दलले घेरेपछि प्रचण्डले आज जवाफ दिने

विपक्षी दलले घेरेपछि प्रचण्डले आज जवाफ दिने

  • मिडिया डबली
  • सोमवार, जेठ २२ २०८०

  • 2.5K
    SHARES

  • विपक्षी दलले घेरेपछि प्रचण्डले आज जवाफ दिने

     काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

    प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजे बस्दैछ । नागरिकता विधेयक प्रमाणीकरण निष्क्रिय गर्नुपर्ने, भारत भ्रमणमा रहँदा प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति माफी माग्नुपर्ने भन्दै एमाले, रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन् । उनीहरूले आज पनि संसद् बैठक चल्न नदिने चेतावनी दिएका छन् । संसद् अवरोध हुँदा बजेटमाथिको छलफल रोकिएको छ ।

    सोही कारण सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अवरोध हटाउन छलफल सुरु गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सदनको अवरोध हटाउने विषयमा छलफल गरेका हुन् ।

    सभामुख घिमिरेले प्रचण्डलाई आइतबार नै फोन गर्दै बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गर्न आग्रह गरेका छन् ।

    ‘प्रधानमन्त्रीको भारत भ्रमणका कारण चार दिन व्यतित भइसकेको छ, अझै सदनमा अवरोध हुने हो भने बजेट पारित गर्न समय अभाव हुन्छ,’ प्रधानमन्त्रीलाई सभामुख घिमिरेले भने, ‘समयमै संवादबाट निकास खोजौं, अब सदन अवरोध भइरहन सक्दैन ।’

    सभामुखसँगको संवादमा प्रधानमन्त्री प्रचण्डले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको बताउँदै सोमबारको संसदमा आफूले प्रस्टीकरण दिने बताएका थिए ।

    ‘म एमाले अध्यक्ष केपी ओलीसहित विपक्षी दलसँग पनि कुरा गर्छु, सरकारका तर्फबाट लचकता र पहल हुन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सभामुख घिमिरेको निजी सचिवालयले जनायो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र २३ २०७९१०:५३:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend