आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

प्रचण्ड, बालेन र रवि लामिछाने एकैचोटि किन भारतमा ?

प्रचण्ड, बालेन र रवि लामिछाने एकैचोटि किन भारतमा ?

  • मिडिया डबली
  • शुक्रवार, जेठ १९ २०८०

  • 7.5K
    SHARES

  • प्रचण्ड, बालेन र रवि लामिछाने एकैचोटि किन भारतमा ?

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने औपचारिक भ्रमणमा नयाँ दिल्लीमा छन् ।

    उनी आज मध्यप्रदेशको इन्दोर जाँदैछन् । उनी शनिबार स्वदेश फर्किने कार्यक्रम छन् । उनी एक सयभन्दा बढी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत भ्रमणमा गएका हुन् ।

    प्रचण्ड भारत प्रस्थान गरेकै दिन बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुम्बई उडेका थिए । उनी बुधबार साँझ पत्नी निकिता पौडेललाई लिएर मुम्बई उडेका हुन् ।

    रविले आफ्नो मुम्बई भ्रमण नितान्त व्यक्तिगत रहेको बताएका छन् । उनले आफू आइतबार स्वेदश आउने र संसदीय काममा लाग्ने जनाउ दिएका छन् । स्रोतका अनुसार पत्नी निकिताले खोल्न लागेको नारी टेलिभिजनका लागि उपकरण खरिद गर्न मुम्बई गएका हुन् ।

    निकिताले आगामी असारदेखि नारी टेलिभिजन खोल्ने तयारी गरेकी छन् । निकिताका केही सहयोगी दुई साताअघि मात्र मुम्बई पुगेर फर्केका थिए ।

    टेलिभिजनको उपकरण खरिद गरेपछि रवि निकितासँगै फर्कने भएका छन् । यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) भारतको बैंगलोर पुगेका छन् ।

    उनी काठमाडौंबाट नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २२५ मा बिहीबार दिउँसो पौने ३ बजे त्यसतर्फ गएका हुन् ।

    उनी निकट स्रोतका अनुसार बालेन आफ्नो विद्यावारिधिको तयारीको सिलसिलामा बैंगलोर गएका हुन् । उनले बैंगलोरबाटै इन्जिनियरिङ गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend