आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

दिउँसो १ बजे दिल्ली उड्दै प्रधानमन्त्री प्रचण्ड, भोलि नरेन्द्र मोदीसँग भेटवार्ता

दिउँसो १ बजे दिल्ली उड्दै प्रधानमन्त्री प्रचण्ड, भोलि नरेन्द्र मोदीसँग भेटवार्ता

  • मिडिया डबली
  • बुधवार, जेठ १७ २०८०

  • 2.1K
    SHARES

  • दिउँसो १ बजे दिल्ली उड्दै प्रधानमन्त्री प्रचण्ड, भोलि नरेन्द्र मोदीसँग भेटवार्ता

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार चार दिने भारत भ्रमणमा जाँदैछन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी ४७ सदस्यीय टोलीको नेतृत्व गर्दै भारत जान लागेका हुन् । प्रचण्ड दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाजमार्फत भारत प्रस्थान गर्ने तालिका छ ।

    भ्रमण टोलीमा अर्थमन्त्री डा.प्रकाशशरण महत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउदसहित ४७ जनाको प्रतिनिधिमण्डल रहनेछ ।

    पुसमा प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो । प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी मोदीसँग बिहीबार हैदरावाद हाउसमा औपचारिक भेटवार्ता गर्नेछन् ।

    त्यसपछि उनले भाररतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

    प्रचण्डले वैशाख दोस्रो साता नै भारत भ्रमण गर्ने गरी गृहकार्य गरेका थिए । तर भारतीय प्रधानमन्त्री मोदीको कार्यव्यस्तताका कारण एक महिनापछि भ्रमण हुन लागेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र २३ २०७९१०:५३:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend