आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भारत जानुअघि चिनियाँ नेतालाई भेट्दै प्रचण्ड

भारत जानुअघि चिनियाँ नेतालाई भेट्दै प्रचण्ड

  • मिडिया डबली
  • मंगलवार, जेठ १६ २०८०

  • 2.0K
    SHARES

  • भारत जानुअघि चिनियाँ नेतालाई भेट्दै प्रचण्ड

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमणका लागि बुधबार नयाँ दिल्ली प्रस्थान गर्दैछन् ।

    भ्रमण टोलीमा सहभागी हुने एउटा टोली आजै नयाँ दिल्ली उड्दैछ । तर प्रधानमन्त्री भारत उड्नु २४ घन्टाअघि चिनियाँ कम्युनिस्ट पार्टीको एउटा टोली नेपाल आउन लागेको छ ।

    चिनियाँ कम्युनिष्ट पार्टीको सिचुवान प्रान्तका सचिव नेपाल आउन लागेका हुन् । सचिव वाङ सियाओहुई उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

    भ्रमणको क्रममा टोलीले प्रधानमन्त्री प्रचण्ड, सरकारका केही मन्त्री र विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने बताइएको छ ।

    टोलीले नेपाली व्यापारिक समूह तथा निजी क्षेत्रका लगानीकर्तासँग पनि छलफल गर्ने कार्यक्रम राखिएको छ । तर प्रधानमन्त्री प्रचण्ड भारत जानुअघि चिनियाँ कम्युनिस्ट पार्टीको टोली किन नेपाल भ्रमणमा आएको हो भन्ने कुरालाई अर्थपूर्ण मानिएको छ ।

    प्रचण्डले पहिले चीन भ्रमण नगरी भारत भ्रमण गरेको भन्दै आपत्ति जनाउन बेइजिङले आफ्ना नेता काठमाडौं पठाएको हुनसक्ने स्रोतले बतायो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र २३ २०७९१०:५३:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend