आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रेशम चौधरीलाई आममाफीबारे गगनको प्रश्न, सरकार चलाउन गाह्रो भयो भनेर कानुन मिच्न मिल्छ ?

रेशम चौधरीलाई आममाफीबारे गगनको प्रश्न, सरकार चलाउन गाह्रो भयो भनेर कानुन मिच्न मिल्छ ?

  • मिडिया डबली
  • सोमवार, जेठ १५ २०८०

  • 4.6K
    SHARES

  • रेशम चौधरीलाई आममाफीबारे गगनको प्रश्न, सरकार चलाउन गाह्रो भयो भनेर कानुन मिच्न मिल्छ ?

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार चलाउन गाह्रो भयो भनेर कानुन मिच्न नहुने बताएका छन् ।

    रेशम चौधरीलाई आममाफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गरेको उनको भनाइ छ । सोमबार ललितपुरमा आयोजित कार्यकर्ता भेला कार्यक्रममा उनले आवश्यकताका आधारमा निर्णय गर्नेभन्दा पनि सरकारले कानुनको शासन मान्नुपर्ने बताए।

    महामन्त्री थापाले सरकारलाई मन लाग्यो, सरकारले निर्णय गर्‍यो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो भन्ने हिसाबले मात्रै यसलाई लिन नहुने उल्लेख गरे । ‘यो राजाको शासन नभएकाले कसैको हुकुम चल्दैन ।

    सरकार चलाउने कुरामा केही गाह्रो भयो भनेर प्रचलित कानुनलाई मिच्न हुन्न,’ थापाले भने । थापाले राष्ट्रहितविपरीत गरिने निर्णयले भविष्यमा आफैँलाई पछुतो हुने बताए।

    महामन्त्री थापाले रेशम चौधरीबारे अदालतको पूर्णपाठ नआइसकेको अवस्थामा अदालतलाई हेप्नुले जे गरे पनि हुन्छ भन्ने मानसिकता विकसित हुँदै गएको प्रमाणित भएको तर्क गरे।

    ‘आज हामीलाई सरकार चलाउने कुरामा केही गाह्रो भयो भनेर हामीले प्रचलित कानुनलाई पनि मिचेर, थिचेर बलमिच्याइँ गरेर, दादागिरी देखाएर हामी कुनै निर्णय गर्छौँ । अदालतको पूर्ण पाठ आएको छैन । हामी हतारहतार निर्णय गर्छौँ भने त्यसको अर्थ के हो ? हामीले अदालतलाई हेप्यौँ ।

    हामीले बलमिच्याइँ गर्‍यौँ । हामीले जे गरे पनि हुन्छ भन्ने सोच्यौँ । हामीलाई अफ्ठ्यारो परेको वेलामा यस्ता कुरा चल्छन् भन्ने सोच्यौँ ।

    तर, नागरिकको ठाउँबाट हेर्दै गर्दा के देखिन्छ ? विधिको शासनको वकालत गर्दै गर्दा सरकार गए जान्छ, यस्ता सरकार गए जान्छन्, गएर केही पनि हुँदैन । अर्को सरकार बन्छ। केही फरक पर्दैन,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend