शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै, कांग्रेसबाट को को ?

बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै, कांग्रेसबाट को को ?

  • मिडिया डबली
  • आइतवार, जेठ ७ २०८०

  • 3.3K
    SHARES

  • बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै, कांग्रेसबाट को को ?

    काठमाडौं - बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ । मुख्यमन्त्री शालिकराम जम्बकट्टेल मन्त्रिपरिषद् विस्तारको अन्तिम गृहकार्यमा लागेका छन् ।

    मन्त्रीको विषयमा सत्तारुढ नेपाली कांग्रेस र माओवादीबीच कुरा नमिल्दा सरकारले पूर्णता पाएको थिएन । मुख्यमन्त्री जम्कट्टेलले गत बिहीबार कांग्रेसलाई तीन र एकीकृत समाजवादीलाई दुईवटा मन्त्रालय भाग लगाइदिएका थिए ।

    अझै पनि सत्ता सझेदार दलहरुबीच भागबन्डामा समस्या भएपछि मन्त्रालयको संख्या बढाएर भए पनि मन्त्रिपरिष्द विस्तार गर्ने तयारी भएको स्रोतको दावी छ ।

    ११ वटा मन्त्रालय रहेको प्रदेशमा कांग्रेसले ६, माओवादीले चार र एकीकृत समाजवादीले दुईवटा मन्त्रालयमा दावी गरेपछि मन्त्रिपरिषद विस्तार हुन सकेको थिएन ।

    त्यसैले थप एक मन्त्रालय थप्ने गृहकार्य भएको छ । ११ मन्त्रालय रहेको प्रदेश सरकारमा अहिलेसम्म ६ वटा मन्त्रालयमा मात्रै मन्त्री छन् ।

    दुईवटा मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जम्कट्टेल र तीनवटा मन्त्रालयको जिम्मेवारी कांग्रेसका बहादुरसिंह लामासँग रहेको छ ।

    प्रदेश गठबन्धन तहमा पटक–पटक वार्ता भए पनि निकास निस्कन नसकेपछि प्रमुख दलका शीर्ष नेताहरुसँग बसेर भागबन्डा टुंग्याइएको हो ।

    जेठ ४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा नेताहरू बोलाएर सहमति गराएपछि बागमतीमा सरकार विस्तार हुने भएको हो ।

    आजै मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि कांग्रेस र एकीकृत समाजवादीबाट मन्त्री बन्नेहरुको टुंगो लागिसकेको छैन । दुवै दल मन्त्री छान्ने विषयमा आन्तरिक तयारीमा जुटेका छन् ।

    कांग्रेसबाट मन्त्री बन्नेको सूची लामो छ । कांग्रेसबाट मीनकृष्ण महर्जन, रामकृष्ण चित्रकार, मसिना खड्का, हरिप्रभा खड्गी, श्रीराम लामिछाने, सुरजचन्द्र लामिछाने, रमेश महतले मन्त्री बन्ने इच्छा देखाएका छन् ।

    यसअघि दुईजना भइसकेको र बाँकी तीनजनामा क–कसलाई पठाउने भन्ने विषयमा कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ र कांग्रेस दलका नेता बहादुरसिंह लामा छलफलमा जुटेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ २७ २०८००१:४९:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend