आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नारायणकाजी भन्छन् एउटा, गर्छन् अर्कै

नारायणकाजी भन्छन् एउटा, गर्छन् अर्कै

  • मिडिया डबली
  • बुधवार, जेठ ३ २०८०

  • 4.0K
    SHARES

  • नारायणकाजी भन्छन् एउटा, गर्छन् अर्कै

    काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, बहालवाला सचिव, गृहमन्त्रीका सुरक्षा सल्लाहकारलाई पक्राउ गरेर वाहवाही कमाएका गृहमन्त्री नारायणकाजी श्रेष्ठले डबल रोल प्ले गरिरहेको बुझिएको छ ।

    आफूलाई भेट्न आउने जोकोहीलाई पनि उनले जस्तोसुकै दबाब वा प्रभाव आए पनि छुट दिन नसकिने, कारबाही गरेरै छाड्ने भन्ने गर्छन् ।

    तर आफूकहाँ आएको सूचना उनले एमाले अध्यक्ष केपी ओलीलाई चुहाउने गरेको देखिएको छ । बुधबार गृह मन्त्रालय पुगेका एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष विजय पौडेल र प्रवक्ता जगन्नाथ खतिवडासहित नेताहरुको प्रतिनिधिमण्डलसँग कुराकानीका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबै दोषीलाई कारबाहीका लागि प्रतिबद्धता जनाए ।

    उनले जस्तोसुकै दबाब र प्रभाव आएपनि गृहमन्त्रीकारुपमा आफूले अनुसन्धानलाई प्रभावित हुन नदिने बताए । आफूलाई भेट्न आउने कांग्रेस, माओवादीसहित विभिन्न समूहका नेता कार्यकर्तासँग उनले अनुसन्धानमा प्रभाव पार्न नदिने बताउने गरेका छन् ।

    कतिसम्म भने उनले एमाले अध्यक्ष ओलीलाई शरणार्थी प्रकरण देशद्रोह भएकाले जोसुकै भए पनि कारबाही गरेरै छाड्ने बताएको समाचार आएको थियो ।

    तर एमालेका केही व्यक्ति पनि अनुसन्धानको घेरामा रहेको उनले ओलीलाई सूचना चुहाएको पाइएको छ । प्रहरी स्रोतका अनुसार श्रेष्ठले बालकोट पुगेर ओलीलाई राजेश बज्राचार्य र डा.अजयक्रान्ति शाक्यमाथि पनि प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएका थिए ।

    ‘त्यसबेलैदेखि हो ओलीले प्रधानमन्त्री प्रचण्डलाई घटना सामसुम पार्न दबाब दिएको,’ एक प्रहरी अधिकृतले भने । राज्यका सूचना यसरी विपक्षी दलका नेताकहाँ पुगेपछि प्रहरी पनि असन्तुष्ट बनेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २० २०७७१२:५६:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend