आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पाँच महिनासम्म चर्चा शून्य रहेका नारायणकाजी एकाएक शिखरमा

पाँच महिनासम्म चर्चा शून्य रहेका नारायणकाजी एकाएक शिखरमा

  • मिडिया डबली
  • शुक्रवार, बैशाख २२ २०८०

  • 2.5K
    SHARES

  • पाँच महिनासम्म चर्चा शून्य रहेका नारायणकाजी एकाएक शिखरमा

    काठमाडौं - उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अहिले चर्चाको शिखरमा छन् । नक्कली शरणार्थी प्रकरणमा हाइ प्रोफाइल नेता र कर्मचारीलाई पक्राउ पुर्जी जारी गरेर उनी चर्चामा आएका हुन् ।

    पुस ११ गते भौतिक पूर्वाधारमन्त्री बन्दा श्रेष्ठ वरीयता नमिलेको भन्दै दुई सातासम्म सिंहदरबार नै गएनन् । त्यसपछि एक महिनासम्म अनुगमन र निरीक्षणमै लागे । दिनहुँ कर्मचारीलाई निर्देशन दिन्थे । तर काम भने केही हुन्नथ्यो ।

    रवि लामिछानेले गृहमन्त्री पदबाट राजीनामा दिए श्रेष्ठको भाग्यमा खुदो पल्ट्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिए । त्यसपछिका समयमा भने श्रेष्ठ देखिन र सुनिन थाले ।

    यसबीचमा उनले केही प्रभावकारी काम भने गरेका छन् । श्रेष्ठकै पहलमा हिसाब देखाउनै नपर्ने गरी गृहमन्त्री र सचिवले वर्षको करोडौँ रुपैया खर्च गर्न पाउने नियम खारेज भएको छ ।

    यसअघि दैनिक रूपमा गृहमन्त्रीले सुराकी खर्च भन्दै पाँच लाखसम्म बाँड्न पाउँथे । विदेशी कम्पनीलाई नेपालीको गोप्य सूचना रहेको परिचय पत्र रूजु गर्न पाउने नियम र ठेक्का खारेज गरेका छन् ।

    रवि लामिछाने गृहमन्त्री भएको तीन दिनमै यो ठेक्का स्वीकृत भएको थियो । जसमा १० अर्बभन्दा बढी कमिसन बटुल्ने लक्ष्य लिइएको थियो । मिटरब्याजीलाई कार्यवाही गर्नेसम्बन्धी कानुन जारी भएको छ । श्रेष्ठकै पहलमा यो कानुन जारी भएको हो ।

    सरकारमा नभएका बेलामा पनि श्रेष्ठले तराई मधेसका जिल्लामा गएर मिटरब्याजीपीडितलाई भेटेर साहूकारलाई कारबाही गर्न सरकारलाई झक्झक्याउँदै आएका थिए ।

    नक्कली भुटानी शरणार्थीका ठग र मतियारहरूलाई पक्राउ गरेर कानुनी कार्यवाहीको दायरामा ल्याउने अभियन तीब्र पारेका छन् । यसमा हाइ प्रोफाइल नेतादेखि कर्मचारी तानिने सम्भावना बढेको छ ।

    उनको प्रयासलाई सरकारमा रहेका सबै दलले सहयोग गरेका छन् । त्यसैले अहिले नारायणकाजी चर्चामा आएका हुन् । प्रहरी प्रशासनलाई बिना हस्तक्षेप विद्यमान कानुन पालन गराउने स्वतन्त्रता दिएकाले श्रेष्ठ सबैतिर प्रशंसित बनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २० २०७७१२:५६:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend