शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

दुई दुईचोटि लज्जास्पद पराजयपछि सर्बेन्द्र खनाल र रमेश खरेल अब चुनाव नलड्ने

दुई दुईचोटि लज्जास्पद पराजयपछि सर्बेन्द्र खनाल र रमेश खरेल अब चुनाव नलड्ने

  • मिडिया डबली
  • बिहिवार, बैशाख १४ २०८०

  • 4.4K
    SHARES

  • दुई दुईचोटि लज्जास्पद पराजयपछि सर्बेन्द्र खनाल र रमेश खरेल अब चुनाव नलड्ने

    काठमाडौं - नेपाल प्रहरीका दुई पूर्वअधिकृत सर्वेन्द्र खनाल र रमेश खरेल उपनिर्वाचनमा पनि लज्जास्पद ढंगले पराजित भएका छन् ।

    पाँच महिनामै दुई दुईचोटि पराजित भएर रेकर्ड राखेका पूर्वआईजी खनाल र पूर्वडिआइजी खरेल अबदेखि चुनावमा नउठ्ने मनस्थितिमा पुगेको बताइन्छ ।

    मंसिर ४ गतेको निर्वाचनमा खनाल एमालेमा प्रवेश गरी काठमाडौं ६ बाट उम्मेदवार बनेका थिए । चुनावमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भएका थिए ।

    तनहुँ १ मा रिक्त भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अनेक शक्ति लगाएर टिकट हात पारेका उनले मंसिरमा एमालेका एकबहादुर रानामगरले पाएको भन्दा आधा मत पनि ल्याउन सकेनन् ।

    रानाले त्यसबेला २० हजार मत ल्याएका थिए । खनालले आठ हजार मात्र मत ल्याए । एमालेको १२ हजार मत रास्वपाका स्वर्णिम वाग्लेले लगेका छन् । विवादास्पद चरित्र भएका खनालले अब २०८४ को निर्वाचनमा टिकट नपाउने यी दुईवटै निर्वाचनले स्पष्ट पारेको छ । आफूलाई सदाचारी र सुशासनको अभियन्ता ठान्ने रमेश खरेलले त यसपटक जमानतसमेत जोगाउन सकेनन् ।

    गत मंसिरमा काठमाडौं १ बाट निर्वाचन लड्दा उनले राम्रै मत पाएका थिए । त्यसबेला उनी नेपाल सुशासन पार्टी गठन गरेर चुनावमा गएका थिए ।

    उनी नेपाल सुशासन पार्टीका अध्यक्ष पनि हुन् । तर यसपटक बारा २ मा उनी नेपाल स्वतन्त्र पार्टीबाट निर्वाचनमा उम्मेदवार बनेका थिए । बारा–२ मा खरेलसहित ३१ उम्मेदवारको जमानत जफत भएको छ।

    निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। खरेलले २८ सय २९ मत पाएका छन्। खसेको मतमध्ये ६८ हजार १९२ मत सदर भएको थियो ।

    जसअनुसार रास्वपाका उम्मेदवार खरेलले पाएको मत ४.१४ प्रतिशत रहेकाले उनको जमानत जफत भएको हो। यसकारण अब खरेललाई अर्को चुनावमा उठ्न पनि लाजमर्दो भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र १७ २०७९११:१९:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend