शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

काठमाडौंमा लज्जास्पद ढंगले हारेका रमेश खरेल रास्वपाबाट बारा २ मा चुनाव उठ्ने

काठमाडौंमा लज्जास्पद ढंगले हारेका रमेश खरेल रास्वपाबाट बारा २ मा चुनाव उठ्ने

  • मिडिया डबली
  • शुक्रवार, चैत्र १७ २०७९

  • 1.9K
    SHARES

  • काठमाडौंमा लज्जास्पद ढंगले हारेका रमेश खरेल रास्वपाबाट बारा २ मा चुनाव उठ्ने

    काठमाडौं- नेपाल प्रहरीमा लामो समय बसेर कुस्त कमाएका पूर्वआईजीपी सर्वेन्द्र खनाल र पूर्वडीआईजी रमेश खरेललाई राजनीतिको नसाले छाडेको छैन । मंसिर ४ गतेको निर्वाचनमा खरेल काठमाडौं १ र खनाल काठमाडौं ६ बाट चुनाव हारेका थिए ।

    वैशाख १० गते हुने उपनिर्वाचनमा खरेल बारा २ बाट उठ्ने भएका छन् । खनाल तनहुँ २ बाट उठ्ने भन्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमार्फत एमालेमा लबिइङमा लागेका छन् । खनालले एमालेमा उम्मेदवार बनाइदिन भन्दै निवेदन पनि हालेका छन् । खनाल एमाले प्रवेश गरी काठमाडौं ६ मा चुनावमा उठेका थिए ।

    पूर्वडिआईजी रमेश खरेलले नेपाल सुशासन पार्टी खोलेका छन् । सो पार्टीको अध्यक्षसमेत उनी नै हुन् । तर, बारा २ मा उठ्न खरेल रास्वपामा प्रवेश गर्ने भएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत खरेलले सो जानकारी दिएका हुन् । 

    ‘नयाँ शिराबाट नेपाल आमालाई सेवा गर्ने उद्देश्यले बारा २ बाट रास्वपामा आवद्ध भई आगामी वैशाख १० गते हुने निर्वाचनमा सहभागी हुने निर्णय गरेको छु । डा. प्रणय राणाको अथक प्रयासलाई स्वागत र सम्मान गर्दै यहाँहरु सबैको सहयोगको अपेक्षा गर्दछु। राष्ट्र सेवामा इमान्दारी र निष्ठाका साथ अगाडि बढ्ने प्रतिबध्दता जाहेर गर्दछु,’ खरेलले लेखेका छन् ।

    खरेल पहिलेदेखि रवि लामिछानेसँग मिलेर पार्टी खोल्ने तयारीमा थिए । तर पार्टी खोल्ने बेला लामिछानेले आफूलाई धोका दिएको खरेलले बताएका थिए । काठमाडौं १ मा रास्वपाले आफूलाई समर्थन गर्ने खरेलको आश थियो । तर रविले पार्टीको उम्मेदवार उठाएपछि खरेलसँग सम्बन्ध बिग्रेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख १४ २०८०१२:५१:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend