शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

उपनिर्वाचनको सन्देशः कांग्रेस, एमाले र माओवादीका लागि खतराको घन्टी

उपनिर्वाचनको सन्देशः कांग्रेस, एमाले र माओवादीका लागि खतराको घन्टी

  • मिडिया डबली
  • सोमवार, बैशाख ११ २०८०

  • 1.8K
    SHARES

  • उपनिर्वाचनको सन्देशः कांग्रेस, एमाले र माओवादीका लागि खतराको घन्टी

    काठमाडौं - तनहुँ १ को मतगणना जारी छ । अहिलेसम्म १३ हजार मतगणना भइसकेको छ ।

    प्राप्त मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेको मत प्रतिस्पर्धी कांग्रेस र एमालेका उम्मेदवारभन्दा दोब्बरले अगाडि छन् ।

    जसरी मंसिरको निर्वाचनमा चितवन २ मा रवि लामिछानेले मत प्राप्त गरेका थिए, त्यहीअनुसार वाग्लेले मत पाइरहेका छन् । यस आधारमा खसेको ६३ हजार मतमध्ये वाग्लेले ३० हजारभन्दा बढी मत ल्याउने देखिएको छ । रास्वपाको कुनै संगठन छैन ।

    कार्यकर्ता पनि छैनन् । तर समर्थककै मत यसरी खनिनुले नेपाली कांग्रेस, एमाले र माओवादीको अब राजनीतिक भविष्यमाथि खतराको घन्टी बज्ने देखिएको छ ।

    आजदेखि चितवन २ र बारा २ मा पनि मतगणना हुँदैछ । तनहुँ १ मा जसरी घन्टीमा मत खसेको छ, त्यसैगरी बारा २ र चितवन २ मा पनि मत खसेको अनुमान गर्न सकिन्छ । यदि यसरी मत खसेको हो भने तीनवटै क्षेत्रमा रास्वपाले चुनाव जित्ने निश्चित छ ।

    उपनिर्वाचनको मतपरिणामले जनता सधै हाम्रै हुन्, हाम्रो विकल्प छैन भन्ने भ्रम कांग्रेस, एमाले र माओवादीका नेतामा टुटेको हुनुपर्छ ।

    तनहुँमा गोविन्द भट्टराई र सर्वेन्द्र खनालले हारेको हुने छैन, यो हार कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका माधवकुमार नेपाल, झलनाथ खनालको पनि हार हो । रास्वपाप्रतिको जनमतले अब ठूला दलका नीति र नेतृत्व दुवै फेल भएका छन् ।

    अब दुवै परिवर्तन अनिवार्य छ । सच्चिने हो कि सकिने नेताहरूकै हातमा छ । विरासतको किल्लाहरु क्रमशः ढल्न थालेका छन् ।

    जिर्ण पार्टी संरचनाहरु भत्काउन आवश्यक देखिएको छ । अब पार्टीमा अवसर नपाएका, ठूला नेताले भनेकै मान्नुपर्छ भन्ने नभएको

    सन्देश दिएको छ । जसले २०८४ को आमनिर्वाचनमा कांग्रेस, एमाले र माओवादीले आफ्नो अस्तित्व बचाउन पनि मुस्किल पर्ने छ ।

    त्यसैले यो उपनिर्वाचन जनमतसंग्रह सावित हुने देखिएको छ । अब यति वर्ष जेल परें, यति संघर्ष गरे भन्ने दिन गयो । जो सक्षम छन्, त्यो नै अघि आउने छ । जसरी २० दिनअघि कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका स्वर्णिम वाग्दे संसद् यात्रामा पुगेका छन् ।

    स्वर्णिम जस्ता सयौं मानिस कांग्रेस, एमालेमा छन् । तर तिनीहरूले अवसर पाएका छैनन् । अब वैकिल्पक शक्ति रास्वपा बन्ने देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र २० २०७९१०:४९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend