शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images
राजनीतिक बिशेष

तनहुँमा एमाले र माओवादीकै भोट स्वर्णिमलाई

तनहुँमा एमाले र माओवादीकै भोट स्वर्णिमलाई

  • मिडिया डबली
  • सोमवार, बैशाख ११ २०८०

  • 3.3K
    SHARES

  • तनहुँमा एमाले र माओवादीकै भोट स्वर्णिमलाई

    काठमाडौं - तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेले जुन ढंगले मत ल्याइरहेका छन्, त्यो हेर्दा कांग्रेस, एमाले र माओवादीको समेत मत पाएको देखिएको छ ।

    मंसिरको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेलले २६ हजार मत ल्याएका थिए । एमालेका उम्मेदवार एकबहादुर आलेले २० हजार मत ल्याएका थिए । त्यसबेला पनि कांग्रेसका उम्मेदवार पौडेललाई माओवादी र एकीकृत समाजवादीको समर्थन थियो ।

    यसपटक पनि कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई माओवादी र एकीकृत समाजवादीको समर्थन छ । तर १७ हजार मत गनिसक्दा वाग्लेको मत दुवै दलका उम्मेदवारको भन्दा दोब्बरभन्दा बढी छ ।

    एमालेका उम्मेदवार सर्वेन्द्र खनालले तीन हजार पनि मत ल्याउन सकेका छैनन् । चुनावको अघिल्लो दिन नै तनहुँ १ एमाले र रास्वपाबीच तालमेल भएको चर्चा चलेको थियो ।

    तर रवि लामिछानेले त्यसलाई अस्वीकार गरेका थिए । अहिले वाग्लेले जुन मत पाएका छन्, त्यो कांग्रेस, एमाले, माओवादी, गोविन्दराज जोशी समूह सबैको हो ।

    खनाललाई एमालेका कार्यकर्ताले भोट नहालेको देखिएको छ । माओवादीले कांग्रेस उम्मेदवार भट्टराईलाई मत नहाल्ने पहिले नै अनुमान गरिएको थियो । किनकि कांग्रेसलाई साइजमा ल्याउन पनि रास्वपालाई अघि बढाउनुपर्ने धेरै माओवादीको मत थियो ।

    त्यसैले बारामा माओवादीको मत रास्वपाका रमेश खरेल र चितवनमा रवि लामिछानेलाई नै जाने अनुमान गरिएको छ । माओवादीले कांग्रेसलाई साइजमा ल्याउन रास्वपालाई मत दिएर जिताएमा कालान्तरमा त्यसको असर सोही पार्टीले बेहोर्नुपर्ने देखिन्छ ।

    उपनिर्वाचनको ट्रेन्ड विश्लेषण गर्दा अर्को चुनावमा माओवादी चौथो शक्ति पनि नहुने देखिन्छ । त्यसबेला रास्वपाले कांग्रेस र एमालेलाई आच्छुआच्छु पार्ने छ । त्यसपछि तराईमा सिके राउतले सबै दललाई पछाडि पार्ने अनुमान गर्न थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख ५ २०८००५:२५:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend