तनहुँ– नेकपा एकृकीत समाजवादीका नेता एवंम् प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ–१ का उम्मेदवार स्वर्णिम वाग्लेलाई स्वतन्त्र पार्टीमा पनि दाजु भाउजूले अन्याय गरे कुन पार्टीमा जाने हो भन्दै प्रश्न गरेका छन् ।
मंगलबार तनहुँको दमौलीमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सांसद श्रेष्ठले सोधे, ‘कांग्रेसका दाजुभाउजूको कारण देखाउँदै पार्टी छोड्नु भयो, तपाईंको स्वतन्त्र पार्टीका सभापति रवि र भाउजु निकिताबाट पनि तपाईं पेलिनुभयो भने कहाँ जानुहुन्छ ?’
पार्टी सभापति शेरबहादुर देउवा र उनको पत्नी तथा कांग्रेस नेतृ आरजु राणाको पेलानमा परेका कारण आफूले कांग्रेस छाडेको डा. वाग्लेले बताएका थिए । त्यही सन्दर्भ निकालेर श्रेष्ठले प्रश्न गरेका हुन् ।
कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले दाजुभाउजूको कारण पार्टी नछाडेको र अहिले आएर अवसर पाएको भन्दै श्रेष्ठले तनहुँका जनताले भट्टराईलाई न्याय गर्नु पर्ने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।