काठमाडौं- शान्तिपूर्ण मतदान खल्बल्याउन खोज्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको देउतल गाउँपालिका ७ पिपलपातीमा आइतबार बिहानैदेखि सुरु भएको उपनिर्वाचनको शान्तिपूर्ण वातावरण खल्बल्याउन खोजेको भन्दै प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
बाराको देउतल गाउँपालिका–७‚ पिपलपातीमा भइरहेको मतदानमा अवरोध पुर्याउन खोजेको भन्दै रौतहटका ३ जना र बारा पर्सौनीका १ जना गरी जम्मा ४ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला निर्वाचन कार्यालय प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।