काठमाडौं - आशाराम बापुको क्रेज भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको भन्दा थोरै मात्रै तल छ । बलात्कार आरोपमा जेलमा रहेका उनको अहिले पनि क्रेज कम छैन । उनले इच्छा गर्ना साथ लाखौं समर्थकहरु सडकमा जम्मा हुन्छन् । समर्थकहरुले उनलाई भगवानको अवतार ठान्छन् ।
एकथरी समर्थकहरू आशारामले बलात्कार गरेको कुरा पत्याउनै तयार छैनन् । अर्काथरी समर्थकहरू भगवानले बलात्कार गरे त आफ्नै भक्तिनीलाई गरे, तिम्री आमालाई गरेका छन् ? भन्दै झम्टन आइलाग्छन् । उनको विरोधमा कसैले भन्यो भने उनका अन्धभक्त झम्टिहाल्छन् ।
आशाराम बापुले भारत र विश्वभर गरी चार सयवटा आश्रम चलाएका छन् । उनका करोडौं समर्थक छन् । अर्बौंको सम्पत्ति छ । त्यही कारण सरकारले पनि उनका सम्पत्ति निजीकरण गर्न सकेको छैन । यदि उनीमाथि कडा कारबाही गरे समर्थक भड्केलान् भन्ने डरमा त्यहाँको सरकार छ ।
नेपालमा पनि अहिले त्यस्तै त्यस्तै दृश्य देखिएको छ । नैतिक र चरित्रमाथि दाग लागेका व्यक्तिलाई भगवानसरह मान्ने जमात बढ्दै गएका छन् । एक वर्षअघि सञ्चार क्षेत्र छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेको समर्थनमा जसरी भिड देखिएको छ ।
त्यो आशाराम बापुको भन्दा केही फरक छैन । अन्य दलका नेताको नाम महिलासँग जोडिएमा त्यसलाई औंला उठाउने, प्रश्न गर्ने नेपाली युवापिँढी रविको नाम चार चारवटा महिलासँग जोडिँदा पनि उनलाई प्रश्न गर्दैन ।
बरु जय जयकार गर्छ । फूलमालाले स्वागत गर्छ । सेल्फी खिच्छ । घरकी श्रीमतीसँग कुरा मिलेन, केही समय अर्कोसँग लिभिङ टुगेदरमा बस्दा बच्चा भयो त के भयो भन्दा परर ताली बजाउने अन्धभक्तले उनलाई कहाँसम्म लैजाने हो भन्न सकिने अवस्था छैन ।
यदि रविकै जस्तो चरित्र अरु कसैको भएको भए यहाँ बसिनसक्नु हुने थियो । महिलामथि शोषण गर्ने वा रंगीन जीवन बिताउँदै हिँड्नेको अन्त्य निकै दुःखद ढंगले बित्ने गरेको छ । धर्मको आडमा महिलाको शोषण गर्ने धर्मभिरुको जीवन अन्त्यतिर जेलमै बित्ने गरेको छ । नेपालमा पनि यो नियति भोग्नुपर्ने अवस्था नआउला भन्न सकिने अवस्था छैन ।
राम रहिम र सन्त रामपाल भारतीय भए पनि प्रायः सबै नेपालीले सुनेको चर्चित नाम हुन् । यी दुई र यस्तै दर्जनभन्दा बढी धर्मगुरु नामका अपराधी हाल भारतीय जेलमा छन् । कारण उनिहरुले धर्मगुरुको माध्यमबाट जघन्य अपराध गरेको ठहर अलालतले गरेको छ ।
तर उनीहरुका भक्त अर्थात् समर्थक चेलाचपेटाहरु तिनले गरेको अपराध स्वीकार्न तयार छैनन् । निरअपराधी हो जेलमुक्त गर भनेर सडकमा आन्दोलन गर्दैछन् । कानुनको धज्जी उडाउँदैछन् ।
आन्दोलनका कारण कैयौले त ज्यान नै फालिसके । यसैलाई भनिन्छ अन्धभक्तको पराकाष्ठा । यो प्रसंग नेपालतिर लागू भए अन्यथा नठाने हुन्छ । परिदृष्य यस्तै देखिँदै छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।