काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । शुक्रबार प्रधानमन्त्रीको सिंहदरबारस्थित कार्यकक्षमा प्रचण्ड र ओलीबीच छलफल भएको हो ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रचण्ड र ओलीबीच संवैधानिक नियुक्ति र संवैधानिक परिषद बैठकबारे छलफल भएको हो ।
प्रधानन्यायाधीश नियुक्तिका लागि बुधाबर संवैधानिक परिषदको बैठक बसेको थियो । उक्त बैठकमा प्रधानन्याधीशको नाम सिफारिस गर्नेबारे सहमति हुन सकेको थिएन। उक्त बैठकमा एमाले अध्यक्ष ओलीले केही विषयमा असहमति जनाउँदा निर्णय नभएको बताइएको थियो ।
परिषदको अर्को बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डले ओलीसँग एक्लै छलफल गरेका हुन् । प्रमुख प्रतिपक्ष दलका नेता पनि संवैधानिक परिषदको सदस्य हुने व्यवस्था छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।