काठमाडौँ- ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट प्रकरणमा जोडिएकोप्रति चौधरी ग्रूपले (सीजी)ले आफ्नो ध्यानाकर्षण भएको बताएको छ।
सीजी डेभलपर्सले समिट परियोजना व्यवस्थापनको जिम्मेवारी आफ्नो नरहेको बताएको हाे। आफ्नो सेयर हिस्सेदारी ३० प्रतिशत मात्रै रहेको र बाँकी ७० प्रतिशत हिस्सा अरुकै रहेकाले व्यवस्थापनको जिम्मेवारी आफ्नो नरहेको सीजी डेभलपर्सका अध्यक्ष राहुल चौधरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
"समिट होटेलदेखि समिट रेसिडेन्सीको परियोजनासम्ममा सीजी डेभलपर्सको ३० प्रतिशतको साझेदार हो," विज्ञप्तिमा भनिएको छ, "समिट होटल प्रालिले अगाडि बढाउन लागेको समिट रेसिडेन्सी परियोजनाको व्यवस्थापन एवं संचालनको जिम्मेवारी सचित श्रेष्ठले लिनुभएको छ । त्यसैले यस परियोजनाको निर्माणका क्रममा सीजी डेभलपर्स व्यवस्थापन र संचालनमा संलग्न नरहेको जानकारी गराउछौ ।"
समिट होटल परियोजनाका सम्बन्धमा परियोजना संचालक एवं प्रवक्ता सन्चित श्रेष्ठ रहेको विज्ञप्तिमा उल्लेख छ । सीजी डेभलपर्सले काठमाडौं रेसिडेन्सी, माउन्ट भ्यू रेसिडेन्सी र हरिसिद्धी र सीजी हिल्स हात्तीगौंडा निर्माण सम्पन्न गरी सम्बन्धित उपभोक्तालाई हस्तान्तरण गरिसकेको जनाएको छ ।
अहिले ललितपुरको भैसेपाटीमा सीजी हिल्स प्रिमियम निर्माण गरिरहेको छ । यी परियोजनाको व्यवस्थापन र सञ्चालन सीजी डेभलपर्सले गर्ने गरेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।