आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालेनको हर्कतविरुद्ध गृहमन्त्री श्रेष्ठ फायर

बालेनको हर्कतविरुद्ध गृहमन्त्री श्रेष्ठ फायर

  • मिडिया डबली
  • सोमवार, चैत्र २७ २०७९

  • 3.9K
    SHARES

  • बालेनको हर्कतविरुद्ध गृहमन्त्री श्रेष्ठ फायर

    काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले सामाजिक सञ्जालमार्फत सिंहदरबारभित्रको फोहोर नउठाउने भनेर लेखेपछि आइतबारदेखि फोहोर थुप्रिन थालेको छ । बालेनको सो घोषणासँगै यसअघि सिंहदरबार क्षेत्रका फोहोर उठाउँदै आएको संस्था पनि हच्किएको छ । जसले गर्दा केही दिनमै देशकै मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार फोहोरको डम्पिङ साइट बन्ने खतरा छ ।

    काठमाडौं मेयर बालेनले सोमबार पनि १४ वटा मन्त्रालयमा आफूहरूले ज्ञापनपत्र बुझाएको तर कतैबाट पनि सहयोगको सम्भावना नभएको भन्दै किन सिंहदरबार क्षेत्रका फोहोर उठाइएन भनेर प्रस्टीकरण दिएका छन् । यसले अब संघीय र स्थानीय सरकारबीच सिधा टकरावको अवस्था सिर्जना भएको छ ।

    बालेनको यो कार्यशैलीको गृहमन्त्री नारायणकाजी श्रेष्ठले विरोध गरेका छन् । उनले सोमबार चितवन पुगेर संघीय सरकार संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्न प्रतिवद्ध रहेको बताए । उनले सरकारहरूबीच कुनै कामका लागि समन्वय हुनका लागि औचित्य पुष्टि हुने गरी तथ्यसंगत रूपमा आउनुपर्ने पनि बताए ।

    ‘संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारमा समन्वय गरेर संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न प्रतिबद्ध छ । तर, तथ्यगत रुपमा औचित्य पुष्टि हुनेगरी आउनुपर्छ । त्यसका लागि संघीय सरकार सधै तयार छ,’ श्रेष्ठले भने । उनले काठमाडौं महानगरका मेयरले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर सामाजिक सञ्जालमा भन्न नमिल्ने बताए । ‘महानगरको मेयरले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन ?’ उनले भने, ‘अझ सार्वजनिक र सामाजिक सञ्जालमा यसरी भन्न मिल्छ कि मिल्दैन ?’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २० २०७७१२:५६:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend