काठमाडौं– नेकपा एकीकृत समाजवादीले १० वैशाखमा उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनको उम्मेदवारलाई समर्थन गरेको छ ।
सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले बारा–२ , चितवन–२ र तनहुँ–१ मा सत्ता गठबन्धनको साझा उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको उपमहासचिव डा। गंगालाल तुलाधरले बताए । ती निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिन पार्टी पंक्तिलाई निर्देशन दिने निर्णय पनि भएको उनले जानकारी दिए ।
सत्तारुढ गठबन्धनले आधिकारिक उम्मेदवार तय गरिसकेको छैन । तर सत्ता गठबन्धनका रहेका दलमध्ये बारा–२ मा जसपाका उपेन्द्र यादव, चितवन–२ मा कांग्रेसका जितनारायण श्रेष्ठ र तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।