आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राहदानी प्रकरणमा रविलाई उन्मुक्ति दिँदा प्रचण्ड आफैंलाई पर्ने छ भारी

राहदानी प्रकरणमा रविलाई उन्मुक्ति दिँदा प्रचण्ड आफैंलाई पर्ने छ भारी

  • मिडिया डबली
  • शुक्रवार, चैत्र १७ २०७९

  • 2.2K
    SHARES

  • राहदानी प्रकरणमा रविलाई उन्मुक्ति दिँदा प्रचण्ड आफैंलाई पर्ने छ भारी

    काठमाडौं- नेपालको संविधानमा लेखिएको र कानुनमा उल्लेख भएका अक्षर कार्यान्वयनमा आउने हो भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जेल जान कसैले रोक्न सक्दैन । तर जाबो विश्वासको मतको लोभमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रविलाई सात खुन माफी दिए । प्रधानमन्त्रीका कानुनी सल्लाहकार महान्यायाधिवक्ता दीनमणि पोखरेलले निर्णय गरेर रविविरुद्ध मुद्दा नचल्ने भनिदिए । त्यसपछि अहिले रवि हौसिएका छन् । 

    बिहीबार स्वर्णिम वाग्ले र रमेश खरेललाई पार्टीमा भित्र्याएपछि उनले चेतावनीयुक्त भाषामा स्टाटस लेखे– ‘गोडामा काँडा बिझेर मात्र निहुरिएको हुँ । डराएको होइन । एकको बदला तीन लिएर संसदमा प्रवेश गर्नेछु ।’ रविको यो स्टाटसले प्रचण्डलाई पक्कै पनि झस्काएको हुनुपर्छ । उनले हाकाहाकी आफू डराएको होइन भनेर धम्की दिएका छन् । नागरिकता र राहदानी प्रकरणलाई उनले काँडा बिझाएको स्वीकारे पनि अब आफु उठिसकेको चेतावनी दिएका छन् ।

    हुन त महान्यायाधिवक्ताले उन्मुक्ति दिँदैमा अदालतमा रविविरुद्ध मुद्दा पर्ने ठाउँ नभएको होइन, तर यो प्रकरणबाट माओवादी अध्यक्ष प्रचण्डले भविष्यमा ठूलै मूल्य चुकाउनुपर्ने निश्चित छ । अहिले रविविरुद्ध कारबाही भएको भए उनी जेल पर्थे । राजनीतिक भविष्य सकिन्थ्यो । फौजदारी मुद्दामा कसुरदार ठहर भएकाले राजनीति गर्न पाउँदैनथ्यो । तर प्रचण्ड कहाँको दबाबमा परे ? खुल्न सकेको छैन । यसपटक गोरखा गएर चुनाव जितेका प्रचण्डका लागि अर्को चुनाव कहाँबाट लड्ने भन्ने चिन्ता थपिने छ ।

    जति जति रविले खेल्ने अवसर पाउँछन् त्यतित्यति कांग्रेस, माओवादी, एमालेका लागि महँगो पर्दै जाने छ । कांग्रेसका लागि त स्वर्णिम वाग्ले जस्तो व्यक्ति लगेर रविले आफ्नो पुँजी बढाइसकेका छन् । भविष्यमा यस्ता धेरै दृश्य देखिने निश्चित छ । त्यही कारण जतिसक्दो रविको दोहोरो राहदानी प्रकरणलाई कानुनअनुसार टुंगो लगाउनुपर्ने आवाज मुखरित हुन थालेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend